साहित्य–कला

गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापना दिवसः सात श्रष्टाको सम्मान
गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित भएका छन्। गण्डकी प्रज्ञा प्रतिष्ठानले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई आज (शुक्रबार) एक भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गरेको हो। सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका श्रष्टा तीर्थ श्रेष्ठ, गण्डकी प्रज्ञा साहित्य सम्मानबाट पर्वतका श्रष्टा शान्तिनारायण श्रेष्ठ, गण्डकी प्रज्ञा संगीत सम्मानबाट स्याङजाका श्रष्टा अम्मर...
वैसाख–१६ मा राष्ट्रिय लेखक दिवस मनाउने तयारी
नेपालमा राष्ट्रिय लेखक दिवस मनाउने तयारी थालिएको छ। नेपाली लेखक संघ, केन्द्रीय सचिवालयको बैठकले संपूर्ण लेखकहरूले गौरव गर्ने ‘लाइब्रेरी पर्व’का दिनलाई राष्ट्रिय लेखक दिवस मनाउने निर्णयसँगै तयारी थालिएको हो। अबका दिनमा हरेक वर्ष बैशाख–१६ लाई लेखक दिवसका रूपमा मनाउन संपूर्ण लेखकहरूलाई समेत संघको आग्रह छ। नेपाली लेखक संघले उही वैशाख–१६ देखि हरेक वर्ष राष्ट्रिय लेखक...
अघौँ अर्चलेमा लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती मनाइयो
कवि शिरोमणि लेखनाथ पौड्यालको १३९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। कवि शिरोमणिकै जन्मस्थल कास्कीको लेखनाथस्थित अघौँ अर्चलेमा आज (शुक्रबार) जन्मजयन्ती मनाइएको हो। कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, पोखरा प्रज्ञा प्रतिष्ठान, लेखनाथ साहित्य प्रतिष्ठानलगायतका संघसंस्थाद्वारा आयोजित लेखनाथको १३९ औँ जन्मजयन्ती कार्यक्रममा यस क्षेत्रका कवि तथा साहित्यकारको बाक्लो उपस्थिति थियो। कवि शिरोमणि लेखनाथको जन्म...
गण्डकी साहित्य संगममका अध्यक्षमा भीम रानाभाट
साहित्यकार भीम रानाभाट गण्डकी साहित्य संगममका अध्यक्ष बनेका छन्। संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्। संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन्। त्यसैगरी, नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन्। ११ सदस्यीय कार्यसमितिमा...
१० औं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा सुरु
पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे। आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो। आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर...
स्वतन्त्र स्तम्भकार पन्तका ‘आस्थाका आवाज’ पुस्तक विमोचन
स्वतन्त्र स्तम्भकार एवं राजनीतिक विश्लेषक भूपनिधि पन्तका ‘आस्थाका आवाज’ पुस्तकको एक कार्यक्रमबीच पोखरामा विमोचन गरिएको छ। वरिष्ठ साहित्यकार सरुभक्त, पत्रकार कृष्णप्रसाद बास्तोला प्राडा विष्णुप्रसाद पौडेललगायतले आज (बिहीबार) पुस्तकको संयुक्त विमोचन गरेका हुन्। ‘आस्थाका आवाज’ पुस्तक जनआस्था साप्ताहिक पत्रिकामा वि.स. २०५२ देखि २०५८ सम्म पन्तले लेखेका नियमित स्तम्भका लेखहरुको संग्रहित पुस्तक हो। जनआस्था साप्ताहिकको अग्रपृष्ठमा नियमित...