पोखरा । नेपाली सांगीतिक क्षेत्रका नक्षत्रहरु स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीप्रति शनिबार पोखरामा पोखरेली कलाकारहरु ट्रिब्यूट दिएका छन् । एभरेस्ट एफएमले पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनीसँगको सहकार्यमा आयोजना गरेको अरुणा लामा–तारादेवी स्मृति साँझ कार्यक्रममा पोखरेली कलाकारहरुले अरुणा लामा र तारादेवीप्रति ट्रिब्युट दिँदै कालजयी गीतहरु गुञ्जाएका हुन् । कला, साहित्यका अध्येता, अन्वेषक प्रकाश सायमीले...