स्वास्थ्य

अफिन गण्डकीको अध्यक्षमा कपिल पोखरेल चयन
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) गण्डकीको शनिबार भएको तेस्राे अधिवेशनले अध्यक्षमा कपिल पोखरेललाई सर्वसम्मत चयन  गरेको छ ।  चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक पोखरेलको नेतृत्वमा ७ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्ष डाक्टर चण्डिका पण्डित (फेवासिटी हस्पिटल), सचिवमा सूर्यप्रसाद पोखरेल (कास्की मोडेल अस्पताल), कोषाध्यक्षमा चुडामणि दाहाल(नेसनल एपोलो हस्पिटल),...
अफिन गण्डकीको अधिवेशनमा ६ जना सम्मानित
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान गरेको छ । संस्थाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनमा ४ दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ...
गण्डकी प्रदेशमा डेंगीबाट ७ को मृत्यु, ५ जना कास्कीका
पोखरा ।  डेंगी रोग लागेर गण्डकी प्रदेशमा ७ जनाको ज्यान गएको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार कास्कीका ५ तथा तनहुँ र म्याग्दीका १ जनाको मृत्यु भएको हो । गत पुस यता गण्डकीमा १२ हजार ७ सय २६ जनामा...
गण्डकीका स्वास्थ्य मन्त्रीले सार्वजनिक गरे ३ कालीन योजना
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्य क्षेत्रको समस्यालाई भुइतहबाट नै समाधान गर्ने उद्देश्यसहित तीन कालीन योजना सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । ४ पेजमा समेटिएको तीन कालीन योनजामा नीतिगत तथा कानुन सुधार, सुशासन, आपूर्ति, मातृ तथा नवजात शिशु स्वास्थ्य...
गण्डकी मेडिकल कलेजले छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउँदै
गण्डकी मेडिकल कलेजले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउँदैछ। पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजले पोखरा–२७, लेखनाथस्थित रिट्ठेपानीमा मेडिकल कलेज र शैक्षिक भवन छुट्टाछुट्टै बनाउन लागेको हो। कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले शनिबार भवनको शिलान्यास गरे। अस्पतालको आफ्नै जग्गा रहेको पोखरा–२७ छत्रेढुंगामा ४ लाख ५० हजार वर्ग फिटमा मेडिकल कलेज भवन बनाउन लागेको अध्यक्ष...
गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण
गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सफ्टवेयर निर्माण गरिएको हो। बुधवार मन्त्रालयमा नै एक कार्यक्रमबीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले उद्घाटन गरेका हुन्। मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने बिरामीको सही तथ्यांकका विषयमा जानकारी लिन मद्दत पुुग्ने बताए। उनले रिफर गरेर...
जिल्ला प्रशासन बागलुङले भन्यो, ‘आँखा पाकेको भए नआउनु !
जिल्ला प्रशासन कार्यालय बागलुङले आँखा पाक्ने समस्या भएका व्यक्तिलाई कार्यालयमा नआउन सूचना जारी गरेको छ। आँखा पाक्ने रोग लागेका बेला नागरिकता, राहदानीलगायतका सेवा लिन आउँदा अन्य व्यक्तिलाई पनि सर्ने भएकाले रोग निको नभएसम्म सेवा लिन नआउन भनिएको हो। प्रशासनले जिल्लाका स्थानीय तहहरुलाई समेत सूचना गर्न भनेको छ। प्रशासकीय अधिकृत दिनेश शर्माले सार्वजनिक सूचनामार्फत आँखा पाक्ने...
गोरखामा ‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान
लम्पी स्किन रोगको संक्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका ३ सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ। गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका २ वटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिए। रोगको संक्रमण बढ्दै गएपछि रोगको जोखिम...
औषधी थन्काएर राख्ने होइन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले औषधी र स्वास्थ्य उपकरण स्वास्थ्य संस्था मार्फत जनताकहाँ पुर्‍याउन निर्देशन दिएका छन्। स्वास्थ्य जनताको जीवनसँग जोडिएकाले संवेदनशील क्षेत्र रहेको बताए। उनले भने, ‘औषधी थन्काएर राख्ने होईन, सक्दो जनताकहाँ पुर्‍याउनुपर्छ।’ मंगलवार पोखरामा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशको बिभिन्न पालिकाका जनप्रतिनिधिहरुले औषधी, स्वास्थ्य उपकरण स्टोरमा हुँदाहुँदै प्रदेश सरकारले नदिएको गुनासो गरेका थिए।...