गण्डकी

गण्डकीका प्रदेश प्रमुखले गरे मुक्ति क्षेत्र र कोरला नाका अवलोकन
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाली जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् । प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म उनी पुगेका हुन् । प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट नेपालका भुुभाग निरीक्षण गरे । । त्यसअघि जोमसोममा...
पोखराको एभरेस्ट एफएमको रक्तदानमा २५१ युनिट रगत संकलन
पोखरा । पोखराको पस्र्याङमा रहेको एभरेस्ट एफएमले शनिबार आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रममा २ सय ५१ युनिट रगत संकलन भएको छ । पोखरामा रगतको अभाव भएपछि त्यसको पूर्ति गर्न आयोजनामा भएको रक्तदान कार्यक्रममा २ सय ३ जना पुरुष र ४८ जना महिला रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रममा पहिलो रक्तदाता उल्लेख्य मात्रामा सहभागी भएका थिए...
अफिन गण्डकीको अधिवेशनमा ६ जना सम्मानित
पोखरा । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य क्षेत्रमा लामो समय सेवा गरेका ६ जनालाई सम्मान गरेको छ । संस्थाको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनमा ४ दशक भन्दा बढी समय स्वास्थ्य क्षेत्रमा योगदान गरेकालाई सम्मान गरिएको हो । सम्मानित हुनेमा डाक्टर विनोद तुलाचन, नर्सिङतर्फ किरण चन्द, ल्याबर्फत श्यामकृष्ण प्रधान, फार्मेसीतर्फ...
रविका साझेदार छविलाई पनि ७ दिन हिरासतमा राख्न अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीस चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गोर्खा मिडियो नेटवर्कका तत्कालीन सञ्चालक रहेको जोशी गत असोज ६ गते पक्राउ परेका थिए ।...
तीन गुणा चाँडो बिरुवा हुर्काउने प्रविधिको सफल परीक्षण
पोखरा । वन डढेलो तथा पहिरो नियन्त्रण र हरित सहरका लागि गण्डकीमा पहिलोपटक जापानी मियावाकी प्रविधिको सफल परीक्षण गरिएको छ । यो प्रविधिबाट वृक्षरोपण गर्दा रैथाने जातका बोटबिरुवालाई नै अरुबेला भन्दा ३ गुणा चाँडो हुर्काउन सकिन्छ र १० गुणा बढी घना जंगल बन्छ । पहिलो चरणमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा यो प्रविधि अन्तर्गत वृक्षरोपण गरिएको हो...
अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा
पोखरा । पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा त्यो आरोहण अभियानका २५ फोटो प्रदर्शनीमा राखेको हो । गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले प्रदर्शनी सुरुआत गरे । यो प्रदर्शनी अबको एक हप्तासम्म चल्नेछ । अन्नपूर्ण साउन एक्सपेडिसन १९७९ का...
पुल निर्माण वैज्ञानिक र गुणस्तरीय हुनै पर्छ : मन्त्री केसी
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले प्रदेश र संघ सरकारले पुल, सडक निर्माणमा बजेटको ठूलो हिस्सा खर्च गरेको बताएका छन् । पुल निर्माण वैज्ञानिक र गुणस्तरीय बनाउनै पर्नेमा जोड दिएका छन् । गण्डकी प्रदेश पूर्वाधार विकास निर्देशानालयको आयोजना र स्विस सरकारको सहयोगमा सञ्चालित स्थानीय सडक पुल कार्यक्रम इकाइको...
कास्कीमा वार्षिक ४० हजार युनिट रगत आवश्यक
पोखरा । नेपाल रेडक्रस सोसाईटी पोखरा १७ उपशाखा र डेभिजफल युवा क्लबद्धारा संयुक्त रुपमा छोरेपाटनमा आयोजित आकस्मिक खुल्ला रक्तदान कार्यक्रममा ८८ युनिट रगत संकलन भएको छ । बढ्दो डेंगी रोगको प्रकोपको कारण रगतको माग बढ्नु र चार्डपर्वमा रगत संकलन कम हुँदा पोखरामा यतिखेर रगतको अभाव हुँदै गएपछि नेपाल रेडक्रस सोसाईटी कास्कीको आह्वानमा अपरझट रक्तदान कार्यक्रमको...
गण्डकी
सडकको वर्गीकरण, ठेक्का प्रणालीमा भएका त्रुटी सच्याउन सुझाव
पोखरा । गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ । गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको बैठकमा विधेयक बारे छलफल भएको हो । बैठकले विधेयक प्रभावकारी बनाउने सम्बन्धमा विज्ञ, मातहतका सबै निकायसँग थप छलफल गर्ने निर्णय गरेको समितिका सभापति भोजराज अर्यालले बताए...
काठमाडौं—पोखरा दौड
२ सय किमी तीन दिनमा पार गर्दै धावक अर्जुन गोदार
पोखरा । कास्कीको रुपा गाँउपालिकाका धावक अर्जुन गोदारले काठमाडौंंबाट पोखरासम्मको दौड सुरु गरेका छन् । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल उनले काठमाडौंको दशरथ रंगशालाबाट सोमबार दौड सुरु गरेका हुन् । पहिलो दिनमा धादिङको मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेका छन् । करिब...