गण्डकी

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेद्वारा राजीनामा
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन्। उनले आज प्रदेश प्रमुखसमक्ष डिल्लीराज भट्टलाई राजीनामा बुझाउनुभएको हो । सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पाण्डेको सरकार अल्पमतमा परेको थियो। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनपर्ने भएपनि पाण्डेले त्यसो...
गण्डकीको प्रदेशसभामा ३ विधेयक प्रस्तुत
गण्डकी प्रदेशसभाको बैठकमा ३ विधेयक प्रस्तुत भएका छन्। उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले ‘गण्डकी प्रदेश प्राइभेट फर्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा पेस गरेका हुन्। गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले समितिको प्रतिवेदनसहित प्रदेशसभामा पेस गरे। यस्तै, ‘गण्डकी प्रदेशमा...
भोलिदेखि गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन भोलि (बुधबार)देखि सुरु हुँदैछ। भोलि दिउँसो २ बजे प्रदेश सभा बैठक सुरु हुँदैछ। हिउँदे अधिवेशनमा विषयगत समितिबाट पारित भएका आमसंचार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुँदैछ। यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार...
गण्डकी प्रदेश स्थापना दिवस: १० कर्मचारी पुरस्कृत
गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा १० जना कर्मचारीलाई पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ। सर्वाेत्कृष्ट,उत्कृष्ट र निजामति पुरस्कारबाट उनीहरु पुरस्कृत हुँदैछन्। यस वर्षको सर्वाेत्कृष्ट प्रदेश निजामति सेवा पुरस्कार मुख्यमन्त्री कार्यालयका सचिव शम्भुराज रेग्मीले पाउँदैछन्। १ लाख राशी र सम्मानपत्रसहितको सर्वाेत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गर्ने रेग्मी बागलुङका हुन्। खरिदारबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी...
गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनायो
गण्डकी प्रदेश सरकारले आफ्नो स्थापना दिवस मनाएको छ। स्थापना दिवसको अवसरमा गण्डकी प्रदेश सरकारले पोखराको सहिदचोकदेखि गण्डकी प्रदेश कार्यालयसम्म नेपाल प्रहरीको व्याण्ड बाजासहित विभिन्न जनजातिका झाँकी निकाल्यो। झाँकीमा प्रदेश सरकारका मन्त्री, सांसद, निजामती कर्मचारी, एवं विभिन्न सामाजिक संघसंस्थाको सहभागिता थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजित मूल समारोह कार्यक्रममा बोल्दै संघीयतालाई सफल बनाउन आग्रह गरे।...
गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको नि:शुल्क स्वास्थ्य बीमा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुवात गरेको छ। चालू आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए। ‘पालिकाले दीर्घरोगी र गर्भवतीका लागि वार्षिक १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको थालनी गरेको छ,’ उनले भने,...
पत्रकार त्रिभुवन र अनिलको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन
गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन भएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ। प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गरेका हुन्। प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २० औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार...
मिडिया विधेयक मिडियामैत्री आउँछ: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशबाट ल्याउन लागेको मिडिया विधेयक मिडियामैत्री आउने उल्लेख गरेका छन्। पोखरामा शुक्रबार कास्कीका पत्रकारहरुलाई सम्मान गर्दै सबै यस्तो बताएका हुन्। ‘गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउँछ’, मुख्यमन्त्री पाण्डेले जोड दिए, ‘प्रदेश सरकारले मिडिया विधेयक यही हिँउदे अधिवेशनमा ल्याउँदैछ।’ उनले पत्रकारिता क्षेत्रलाई जम्मेवार र मर्यादित बनाउनुपर्ने आवश्यकता औंल्याए। सामाजिक...
रासस गण्डकी प्रदेश प्रमुख पौडेललाई सम्मान
राष्ट्रिय समाचार समिति (रासस) गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई सम्मान गरिएको छ। नेपाल पर्यटक यातायात व्यवसायी संघ, गण्डकी प्रदेशको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा पत्रकारिताका माध्यमबाट पर्यटन क्षेत्रको विकासमा उल्लेख्य योगदान गरेको भन्दै पौडेललाई गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेमगरले सम्मान गरेका हुन्। पौडेललाई २५ हजार रुपैयाँ नगदसहित दोसल्ला र सम्मानपत्रबाट...
स्याङ्जाका मिनप्रसाद कोइराला राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानीत हुँदै
कालिका माध्यामिक विद्यालय पुतलीबजार नगरपालिका–१३, झापाकोटका अध्यक्ष मीनप्रसाद कोइराला विद्यालयको उत्कृष्ट व्यवस्थापन गरेबापत राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित हुँदैछन्। काजीमान हरिटीका माविका पुतलीबजार नगरपालिका–३ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इञ्जीनियर अनुप श्रेष्ठसँगै कोइराला उक्त पुरस्कारका लागि छनौट भएका हुन्। कोइरालाले आफ्नो अघिल्लो कार्यकालमा विद्यालय तथा कक्षा ११ र १२ का विद्यार्थीले पढ्ने भवन, वातावरणमैत्री शौचालयको भवन,...