गण्डकी

स्याङ्जाको राक्सेघाट र पवैखोला निर्माण गरिने पुलको शिलान्यास
पोखरा । बर्खाको समयमा आवातजावतमा समस्या हुने स्याङ्जाका दुई वटा खोलामा मोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका ५ स्थित पवैखोला र बिरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुबै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार शिलान्यास गरेका छन्...
वैचारिक मतभेद भएपनि जनता र देशको हितकालागि दुई ठूला पार्टीबीच सहकार्य : सञ्चार मन्त्री गुरुङ
स्याङ्जा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थायित्वको लागि दुई ठूला दलबीच सत्ता सहकार्य भएको बताएका छन् । राजनीतिक अस्थिरता हुँदा एक वर्षमा ४ वटा सरकार बन्ने परिस्थति बन्यो,’उनले भने,‘ अस्थिर राजनीति समृद्धिको वाधक भएकोले जनताको चाहना र आवश्यकतालाई पूरा गर्न यो गठबन्धन भएको हो, सत्ता सहकार्य २०८४ सालसमै रहन्छ । ’ स्याङ्जाको...
१७ औं हिसान स्पोर्टस् मिटको समापन आज
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १७ औं हिसान कास्की स्पोर्टस् मिट आज समापन हँदैछ । स्पोर्टस् मिट अन्तर्गत बिहीबार सम्पन्न प्लस टु (कक्षा ११–१२) छात्रा–छात्रा र विश्वविद्यालय विङतर्फका ब्याडमिन्टनका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत ब्याडमिन्टन प्लस टुतर्फ मदरल्यान्डले बाजी मारेको छ । समग्रमा...
तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा. महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली...
विद्यार्थीलाई उद्यम सिकाउँदै स्याङ्जाको फेदीखोला गाउँपालिका
स्याङ्जा । फेदीखोला गाउँपालिकाले विद्यार्थीलाई उद्यम सिकाउने अभियान थालेको छ । ‘एक विद्यालय अनिवार्य एक उद्यम कार्यक्रम’ लाई अभियानका रुपमा गाउँपालिकाले अगाडि बढाएको हो । विद्यार्थीलाई अध्ययनसँगै व्यवहारिक सिप सिकाएर उद्यममा जोड्नका लागि यो कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए । गाउँपालिकाले वडा नं २ मा रहेको महेन्द्र जनसहयोग आधारभूत विद्यालयबाट यो कार्यक्रम...
समाजिक सञ्जाललाई व्यवस्थित गर्ने कानुन बन्दैछ : सञ्चार मन्त्री गुरुङ
पोखरा । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नका लागि नियमन गर्ने कानुन निर्माणको काम भइरहेको बताएका छन् । सार्वजनिक सेवा प्रसारण, रेडियो नेपालले बुधबार पोखरामा आयोजना गरेको ‘राष्ट्र भाषाको समाचार तथा कार्यक्रम प्रसारणको सवाल र प्रदेश सरकारको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री गुरुङले सामाजिक सञ्जालमा धेरै नै अराजकता रहेकाले त्यसलाई...
प्रदेश गौरवका आयोजना निरीक्षणमा भौतिकमन्त्री केसी
पोखरा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसी प्रदेश गौरवको आयोजना निरीक्षणमा निस्किएका छन् । उनले कोरोला–पोखरा–त्रिवेणी मार्गसहित जिल्लाका आयोजनाको निरीक्षणमा निस्किएका हुन् । मन्त्री केसी नेतृत्वको टोलीले मंगलबार तनहुँको भीमाद, घिरिङ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकामा प्रदेश सरकारले लगानी गरेका योजनाको निरीक्षण गरेको छ । मन्त्री केसी नेतृत्वको...
१७ औं हिसान कास्की स्पोर्टस् मिट पोखरामा सुरु
पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा १७ औं हिसान कास्की स्पोर्टस् मिट २०८१ मंगलबारबाट सुरू भएको छ । मिटको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले स्वस्थ शरीरमा स्वस्थ मन हुने बताउँदै स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताएका छन्उ ।  स्वस्थ तनमनको आधारशीला भने खेलकुद रहेको उनो भनाइ...
संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिक पक्राउ
पोखरा । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट संरक्षित बन्यजन्तु घोरलको सिङसहित एक विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक प्रस्थान गेटमा रहेको एक्सरे मेसिनमा युक्रेनका नागरिक २१ वर्षिय पीलीप जील्को भीस्कीको निलो झोला चेकजाँच गर्ने क्रममा संरक्षित बन्यजन्तु घोरलको सिङ फेला पारेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए । घोरलको सिङसहित...
अपांग महिला सशक्तीकरण केन्द्रको प्रदेश सरकारसँग ६ बुँदे माग
पोखरा । अपांग महिला सशक्तिकरण केन्द्र, कास्कीले गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री प्रकाशबहादुर केसीलाई ६ बुँदे माग पत्र बुझाएका छन् । केन्द्रको टोलीले आइतबार मन्त्रालय प्रा‌ंगणमा मन्त्री केसीलाई अपाङ्गता भएकाहरुका लागि गरिनुपर्ने ६ वटा विषय समेटेर पत्र बुझाएका हुन् । केन्द्रकी अध्यक्ष अन्जना केसीले हस्ताक्षर गरेको पत्रमा अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त...