गण्डकी

गण्डकीका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र  कोशी र  प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा...
कुँवरलाई कास्की कांग्रेस प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
पोखरा । नेपाली कांग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी युवराज कुँवरलाई दिइएको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले सर्वसम्मत कास्कीका उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो । बैठकले विभिन्न कारणले रिक्त रहेका ४ जनालाई जिल्ला सदस्यमा चयन गरेको छ । जिल्ला सदस्यहरुमा वृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम...
बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के निरीक्षण
बागलुङ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् । दुई पांग्रे र...
गण्डकी र कोशीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने...
स्वदेशी पर्यटकको रोजाइमा मुस्ताङ, २ महिनामा १ लाख ७३ हजारले गरे भ्रमण
मुस्ताङ । हिमाली जिल्ला मुस्ताङ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गत दुई महिनामा १ लाख ७३ हजार पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङमा धार्मिक र पर्यटकीयस्थल रहेका छन् ।...
एक महिनामा औषधीको मूल्य समायोजन हुन्छ : मन्त्री पौडेल
पर्वत। नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक महिनामा सबै प्रकारका औषधीको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेसन उद्घाटन गर्दै उनले औषधीमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गरिने बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधी खरिद बिक्री हुने...
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं । गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री र त्यहाँका पर्यटन व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न   प्रधानमन्त्री केपी शर्मा ओलीसमक्षआग्रह  गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी...
पृथ्वी राजमार्गको छिर्कन-देउराली सडक गएराति ११ बजेदेखि बन्द 
तनहुँ । पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडक योजना अन्तर्गत तनहुँमा पर्ने छिर्कन–देउराली सडक खण्ड गएराति ११ बजेदेखि बिहान ४ बजेसम्म बन्द भएको छ । राति १ बजेदेखि साढे १ बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिएको छ । पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राती १ः३० बजेदेखि बिहान ४ बजेसम्म...
कालीगण्डकी करिडोरमा पर्ने मालढुंगा–बेनी सडक आजबाट ६ घण्टा बन्द
पोखरा । पर्वतको मालढुंगा–बेनी सडक खण्ड आजदेखि दैनिक ६ घण्टा बन्द हुँदैछ । गण्डकी प्रदेशलाई चीन र भारत सिमासँग जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्ने उक्त सडक कालोपत्र र स्तरोन्नति गर्न आजदेखि मंसिर ११ गतेसम्म दैनिक ६ घण्टा बन्द हुने भएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार आज बिहान...
रेडियो नेपाल गण्डकी प्रमुख शान्तिले गरिन् पदभार ग्रहण
पोखरा । रेडियो नेपाल गण्डकी प्रादेशिक प्रसारण कार्यालयकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङले पदभार ग्रहण गरेकी छन् । गुरुङ प्रादेशिक प्रशारण कार्यालय पोखराको पहिलो महिला कार्यालय प्रमुखसमेत बनेकी छन् । रेडियो नेपालको केन्द्रीय कार्यालयमा सरुवा भएका निवर्तमान कार्यालय प्रमुख सुरेन्द्रप्रसाद यादवसहित कार्यालयका कर्मचारीमाझ गुरुङले आज पदभार ग्रहण गरेकी हुन् । २७ वर्षअघि सहसमाचार वाचकका रुपमा...