गण्डकी

गण्डकी प्रदेशमा घट्यो कृषि भूमि
पोखरा । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्क अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०÷८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ । अध्ययनअनुसार सो प्रदेशमा  चार लाख लाख...
स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
पोखरा । स्वरुप परिवर्तन गरिएका २३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नरहेका र चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाएको छ । कसैले...
पोखरामा लागु औषधसहित १ जना पक्राउ
पोखरा । पोखरामा लागू औषधसहित १ जना  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले  पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपील  घिमिरे पक्राउ गरेको हो । उनको साथबाट लागु औषध डाइजापाम- २२८ एम्पुल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२...
पोखरा २८ मा सामाजिक सुरक्षा र जीविकोपार्जन अभ्यास कार्यशाला
पोखरा । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशीला नेपालीले जानकारी दिइन् । कार्यक्रमको प्रभावकारिता अभिवृद्धि...
पृथ्वी राजमार्गको मुग्लिन– पोखरा सडकको पूर्वी खण्डमा ६८ प्रतिशत काम पूरा
तनहुँ ।  पृथ्वीराजमार्गको मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत पूर्वी खण्डमा कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो । मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हालसम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ...
गण्डकीसहित देशभर आज मौसम सफा रहने
पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । गण्डकी, कोशी, बागमती प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...
गण्डकीका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र  कोशी र  प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ। कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा...
कुँवरलाई कास्की कांग्रेस प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
पोखरा । नेपाली कांग्रेस कास्कीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी युवराज कुँवरलाई दिइएको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बुधबार बसेको बैठकले सर्वसम्मत कास्कीका उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको हो । बैठकले विभिन्न कारणले रिक्त रहेका ४ जनालाई जिल्ला सदस्यमा चयन गरेको छ । जिल्ला सदस्यहरुमा वृद्धिमान गुरुङ, दयासागर सुवेदी, राजाराम...
बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के निरीक्षण
बागलुङ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् । दुई पांग्रे र...
गण्डकी र कोशीका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार  तराईका केही स्थानमा हल्का हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने...