गण्डकी

पोखराको सिर्जना माविमा पुरस्कार वितरण
पोखरा । पोखराको सिर्जनाचोकस्थित शान्तिमार्गमा रहेको सिर्जना माविले पुरस्कार वितरण कार्यक्रम गरेको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरू लगायत अनुशासन, सरसफाइमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । मङ्सिर ९ गते आइतबारका दिन २०८१ साल...
 विभिन्न मुद्दाका १० जना फरार प्रतिवादी पक्राउ  
पोखरा ।  तनहुँको इलाका प्रहरी कार्यालय आबुखैरेनीले विभिन्न मुद्दामा दोषी ठहर भई हालसम्म सजाय नपाएका फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । फैसला कार्यान्वयनको सिलसिलामा विशेषरुपले अगाडि बढेको आबुखैरेनीको प्रहरी टोलीले  सार्वजनिक अपराध, चेक अनादर, लागुऔषध, कर्तव्यज्यान र बहुबिबाह मुद्दाका १० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । गण्डकी प्रहरी कार्यालय पोखराका डिएसपी दीपकबहादुर बाेगटीका अनुसार...
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्देशन
काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्वाचन आयोगले निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य...
पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम
पोखरा  । पोखरा पुस्तक तथा स्टेसनरी व्यवसायी संघको अध्यक्षमा गोविन्द गौतम निर्वाचित भएका छन । शनिबार राति सम्पन्न संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट अध्यक्ष पदमा गौतम सहित प्रकाश बास्तोला र मिलन गोर्खालीले उमेदवारी दिएकोमा गोविन्द गौतमले १ सय ५ मत प्राप्त गरेर विजयी भएका थिए । अध्यक्षका उमेदवार  प्रकाश बास्तोलाले ३९...
गण्डकी सरकारको चार महिनामा ११ प्रतिशत मात्र बजेट खर्च
पोखरा । सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षकोे ४ महिनामा कुल बजेटको ११ दशमलव १ प्रतिशतमा मात्रै खर्च गरेको छ । सरकारले आर्थिक वर्ष २०८१÷८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ बजेट ल्याएको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयकाका अनुसार गत साउनदेखि कात्तिकसम्म ३ अर्ब ६६ करोड...
पोखरा ढुङगेसाँघुमा हुने कोटीहोमको तयारी अन्तिम चरणमा
पोखरा । पोखरा महानगरपालिका वडानम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा हुने गण्डकी प्रदेशकै पहिलो ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ को तयारी अन्तिम चरणमा पुगेको छ । अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाममा यही मंसिर १७ देखी २७ गतेसम्म  कोटिहोम गर्न लागिएको हो  । पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटमा आयोजना गरिएको कोटिहोम स्थलमा आवश्यक भौतिक संरचना निर्माण गरी तयारी अवस्थामा राखिएको...
गण्डकी प्रदेशमा घट्यो कृषि भूमि
पोखरा । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्क अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०÷८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ । अध्ययनअनुसार सो प्रदेशमा  चार लाख लाख...
स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
पोखरा । स्वरुप परिवर्तन गरिएका २३ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नरहेका र चर्को आवाजमा ध्वनी प्रदूषण गर्ने २३ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाएको छ । कसैले...
पोखरामा लागु औषधसहित १ जना पक्राउ
पोखरा । पोखरामा लागू औषधसहित १ जना  पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले  पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपील  घिमिरे पक्राउ गरेको हो । उनको साथबाट लागु औषध डाइजापाम- २२८ एम्पुल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२...
पोखरा २८ मा सामाजिक सुरक्षा र जीविकोपार्जन अभ्यास कार्यशाला
पोखरा । शान्तिका लागि साझा अभियान (कोक्याप), गण्डकी प्रदेशको आयोजनामा पोखरा महानगरपालिका वडा नं २८ मा सामाजिक सुरक्षा जीविकोपार्जन कार्यक्रमको अभ्यास तथा प्रभाव विषयक कार्यशाला भएको छ । वडा नं २८ लाई लक्षित गरी कोक्यापले सामाजिक सुरक्षा र जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न लागेको सो कार्यक्रमका फोकल पर्सन सुशीला नेपालीले जानकारी दिइन् । कार्यक्रमको प्रभावकारिता अभिवृद्धि...