गण्डकी

कास्की केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
पोखरा ।  कास्कीमाे मादी  गाउँपालिकाको सैइमराङ आसवपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको  भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको...
फोटो पत्रकार संघ कास्कीमा राम गुरुङ
पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीमा अध्यक्षमा राम गुरुङ निर्वाचित भएका छन् । पोखरामा भएको संघको नवौं अधिवेशनबाट अग्रज फोटो पत्रकार गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । संघको उपाध्यक्षमा राधिका कँडेल, सचिवमा धनबहादुर गुरुङ, सदस्यहरुमा सञ्जय शाक्य, गिरीधारी पोखरेल र प्रवेश पोखरेल निर्वाचित भएका हुन् । रिक्त रहेको सहसचिव र...
इन्जिनियरिङ क्याम्पसमा अनेरास्ववियुले अनुपको नेतृत्वमा टुंग्यायो स्ववियु उम्मेद्वार
पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अनेरास्ववियुले इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा स्ववियु निर्वाचनका उम्मेद्वार टुंगो लगाएको छ । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुले आइतबार अनुप न्यौपानेको नेतृत्वको टिम तयार गरेको हो । प्रत्यक्षतर्फ निर्वाचन हुने सचिवमा विनायक भुवाँजी, कोषाध्यक्षमा रोहितकुमार शाहलाई उम्मेद्वार बनाउने निर्णय भएको अनेरास्ववियु कास्की जिल्ला सचिव रवि क्षेत्रीले जानकारी...
अनलाइनबाट जुवा खेलाउने पाँच जना पोखरामा पक्राउ
पोखरा । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा वा सट्टाबाजीमा सम्लग्न रहेको आरोपमा कास्की प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार उनीहरुलाई गत फागुन २३ गते पोखरा १४ अनुपम टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार कास्कीमा क्रिप्टोकरेन्सी प्रयोग र अनलाइन जुवा खेलाउने घटनामा व्यक्ति समातिएको पहिलो हो...
लोकतन्त्र विरोधी कानुन संसदले बनाउँदैन : सभामुख घिमिरे
पोखरा । सङ्घीय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताउनुभएको छ।  प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा बोल्दै उहाँले हामी सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको बताउनुभएको हो । “कानुनको अभावमा धेरै बेथिति बढेका छन्,” उहाँले भन्नुभयो, “बेथितिलाई नियन्त्रण गर्नका...
नेपाललाई विश्वमाझ चिनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।  ‘वीर...
बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ
स्याङ्जा । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै...
गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्छः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताउनुभयो । ‘गण्डकी...
नेताले किन पढ्नुपर्छ ?
पोखरा । नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ, ‘नेताले पढ्दै पढ्दैनन् ।’ के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको पेरीफेरिमा पोखरामा शनिबार बहस चल्यो । फेवाताल किनारको बाराहीघाटमा बुकवर्म फाउण्डेसनको आयोजनामा जारी १२ औं संस्करणको एनसेल फाण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले किन पढ्नुपर्छ...
चेतनाको अग्रपक्ष लिने विधा कविता
पोखरा । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रुपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुबै बोल्ने दरिलो आयम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि...