गण्डकी

पोखराको स्टेप बाई स्टेप माविमा सांस्कृतिक कार्यक्रम
पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा रहेको क्वालिटी सर्कलले गाईजात्रासम्बन्धी सांस्कृतिक कार्यक्रम गरेको छ । प्रतियोगितामा एन्जिल घर्ती मगरको लाखे नाच प्रथम भएको छ । इमा गुरुङको समूहको नृत्य द्वितीय भएको छ भने आरिस्माको समूहले प्रस्तुत गरेको परी नाच तृतीय भएको छ । कार्यक्रममा विभिन्न प्रतियोगी र अप्रतियोगी व्यङ्ग्य, नृत्य, कविता प्रस्तुत गरिएको...
जोखिमपूर्ण यात्रा नगर्न नगराउन होटल संघ गण्डकीको अपील
पोखरा । होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट एकै दिनमा अन्नपूर्ण क्षेत्रका अग्ला गन्तव्यसम्म पर्यटकलाई पुर्याउँदा लेक लाग्ने लगायतका जोखिम बढेको संघले विहिबार विज्ञप्ति जारी गरी जनाएको छ । संघका गण्डकी अध्यक्ष हरिप्रसाद...
हायू परिवारलाई आफन्तको जिम्मा लगाइयो
पोखरा ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३० स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा सोमबार बेलुका भेटिएका उनीहरूलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिनुभयो । उनीहरूलाई पोखरा महानगरपालिका–३० का वडा...
युवा उद्यमी मञ्च, पोखरा र टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा हस्ताक्षर 
पोखरा । नेपाली युवा उद्यमी मञ्च, पोखरा र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजबिच  समझदारीपत्रमा म‌ंगलबार हस्ताक्षर  भएको छ।दुई संस्थाबिच दीर्घकालीन सहकार्य, स्रोत तथा सीपको आदान–प्रदान, र पारस्परिक हितमा आधारित कार्यक्रमहरूको विकास र सञ्चालनलाई संस्थागत रूपमा अघि बढाउने  उद्देश्यरले समझदारीपत्रमा हस्ताक्षर गरिएको हो । सम्झौताका विषयमा जानकारी दिंदै कलेजका प्राचार्य  प्रकाश रेग्मीले शैक्षिक क्षेत्र र...
प्रोटोनको तेस्रो सोरुम पोखराको बुद्धचोकमा
पोखरा । देशभर विद्युतीय सवारी (ईभी) को प्रयोगलाई तीव्र पार्ने क्रममा प्रोटोनले आफ्नो तेस्रो सोरुम सोमबारदेखि पोखरामा सञ्चालनमा ल्याएको छ । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौं बाहिर पहिलोपल्ट पोखराको बुद्धचोकमा सोरुम स्थापना गरेको हो । सोरुममा प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन एसयूभी ईमास ७ बिक्रीका लागि राखिएको छ । काठमाडौंको...
पोखरामा लागु औषधसहित ५ जना पक्राउ
पोखरा । पोखरामा लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र जिल्काला प्रहरी कार्यालय कास्कीको संयुक्त अपरेशनमा उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार, साउन ११ गते साँझ ५:३० बजे पोखरा महानगरपालिका–२७ शिशुवा स्थित पृथ्वी राजमार्गमा सवारी साधन चेकजाँचका क्रममा पोखरातर्फ आउँदै गरेको एक यात्रुबसबाट...
कोरला नाका नियमित सञ्चालन गरी व्यापार, पर्यटन प्रर्वद्धनमा सहकार्य गर्न गण्डकीका मुख्यमन्त्रीको चीनसँग प्रस्ताव
पोखरा ।  गण्डकी प्रदेशका  मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे एक हप्ताको चीन भ्रमण सम्पन्न गरी आज पोखरा फर्कनुभएको छ । नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारद्वारा आयोजित कार्यक्रममा सहभागी भएर उहाँ फर्कनुभएको हो । भ्रमणका क्रममा उहाँले तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव महामहिम Wang Zhonghu सँग भेट गर्नुभयो ।...
प्रजनन स्वास्थ्यबारे परिवार नियोजनसँग सहकार्य गरिने : स्वास्थ्य मन्त्री पाठक
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकीमा स्वास्थ्य क्षेत्र सुधारका लागि सरकार लागिपरेको बताएका छन् । उनले मध्यकालीन र दीर्घकालीन योजना अघि सार्दै सरकारले अस्पताल स्तरोन्नतिमा गर्दै गएको बताए । परिवार नियोजन संघको आयोजनामा परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य र अधिकारबारे प्रदेशस्तरीय कार्यशालाको आइतबार पोखरामा उद्घाटन गर्दै मन्त्री पाठकले सो कुरा बताएका...
अपराध
अबैध विदेशी विनिमय कारोबारमा संलग्न तीन जना पक्राउ
पोखरा ।  अबैध विदेशी विनिमय कारोबारमा संलग्न तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार  साउन १० गते साँझ करिब ५ बजे पोखरा महानगरपालिका वडा नं.१७ पार्दी बिरौटामा अवैधरूपमा विदेशी विनिमय कारोबार भईरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेर तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा १. महुमुद्दिन एम अहमद, ४५ वर्ष,...
अपराध
श्रीमतीको हत्या गर्ने जंगे सार्की पक्राउ
पोखरा । पोखरामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २७ रिठ्ठपानी बस्ने ५३ वर्षीया छुनु भनिने जमुना नेपालीको हत्या गर्ने उनकै श्रीमान ५८ वर्षीय जंगे सार्की पक्राउ परेका हुन् । जिल्ल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले दिएको जानकारी अनुसार जग्गा बच्ने विषयमा विवाद हुँदा सार्कीले श्रीमतीलाई मुक्का...

Copy - Advertisement


 

This will close in 10 seconds