गण्डकी

मुस्ताङको मुक्तिनाथमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवन
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा सुविधा सम्पन्न प्रहरी कार्यालय भवनको निर्माण भएको छ। समुद्री सतहबाट ३ हजार मिटरभन्दा बढी उचाइमा रहेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्रस्थित इलाका प्रहरी कार्यालय मुक्तिनाथको सुविधा सम्पन्न पक्की कार्यालय भवन निर्माण गरिएको छ। मुक्तिनाथ मन्दिर नजिकै ३ करोड ६० लाख ५२ हजार ८८ रुपैयाँ लागतमा भवन निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा...
गण्डकी मेडिकल कलेजले छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउँदै
गण्डकी मेडिकल कलेजले लेखनाथमा छुट्टै मेडिकल कलेज र शैक्षिक भवन बनाउँदैछ। पोखरा नयाँबजारमा रहेको गण्डकी मेडिकल कलेजले पोखरा–२७, लेखनाथस्थित रिट्ठेपानीमा मेडिकल कलेज र शैक्षिक भवन छुट्टाछुट्टै बनाउन लागेको हो। कलेजका अध्यक्ष खुमाप्रसाद अर्यालले शनिबार भवनको शिलान्यास गरे। अस्पतालको आफ्नै जग्गा रहेको पोखरा–२७ छत्रेढुंगामा ४ लाख ५० हजार वर्ग फिटमा मेडिकल कलेज भवन बनाउन लागेको अध्यक्ष...
गण्डकी प्रदेशले न्यायिक सहजकर्ता माग्यो
गण्डकी प्रदेश सरकारले न्यायिक सहजकर्ताका लागि दरखास्त आह्वान गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखराले आइतबार सूचना निकालेर ७१ जना न्यायिक सहजकर्ता माग गरेको हो। सूचनामा गण्डकी प्रदेशभित्रका गाउँपालिका तथा नगरपालिकाको लागि न्यायिक सहजकर्ता छनोट गरी करार सम्झौता गराई कार्य गराउने उल्लेख छ। कानूनमा स्नातक २१ वर्ष उमेर पूरा भएको नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्।...
गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन प्रस्तुत
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा (पौडेल) ले विहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरेका हुन्। प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता प्रदेश सरकारका मुख्यमन्त्रीको कानुनी सल्लाहकार रहेकाले सरकारको न्यायिक काम–कारबाहीमा पूर्ण जिम्मेवार रहने बताए। प्रदेश प्रमुख भट्टले भने, ‘प्रदेश...
भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरु आन्दोलनमा उत्रिए
तनहुँस्थित भानुभक्त प्राणी उद्यानका जग्गाधनीहरु कडा आन्दोलनमा उत्रिएका छन्। प्राणी उद्यानका लागि जग्गा उपब्ध गराएर योगदान गरेका प्रभावित जग्गाधनीहरुले हालसम्म पनि जग्गाको मुआब्जा नपाएपछि आन्दोलित बनेका हुन्। मुआब्जा पीडित संघार्ष समितिको आयोजनामा आज (आइतबार) देखि जग्गाधनीहरुले मुआब्जाको माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। यसअघि, साउनको गत १८ गते बसेको जग्गाधनीहरुको वृहत् भेलाले आन्दोलन गर्ने निर्णय गरेको...
आदिवासी जनजातिका भाषा संस्कृति, देशको सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आदिवासी जनजातिका भाषा र संस्कृति देशको सम्पत्ति रहेको बताएका छन्। उनले आदिवासी जनजाति पत्रकारहरूले आफ्नो भाषा, संस्कृति, रहनसहनलाई जीवन्त राख्न आफ्नो मातृभाषामासमेत पत्रकारिता गर्न आवश्यक रहेकोमा जोड दिए। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेश समिति र कास्की समितिले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मान कार्यक्रममा उनले संचार...
गण्डकीमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न सफ्टवेयर निर्माण
गण्डकी प्रदेशमा हेमोडायलसिस सेवालाई व्यवस्थित गर्न हेमोडायलसिस रेकर्ड मनीटोरिङ सिष्टमको विकास गरिएको छ। राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा सफ्टवेयर निर्माण गरिएको हो। बुधवार मन्त्रालयमा नै एक कार्यक्रमबीच सामाजिक तथा स्वास्थ्य मन्त्री विन्दुुकुमार थापाले उद्घाटन गरेका हुन्। मन्त्री थापाले सफ्टवेयरका माध्यम प्रदेशमा भएका डायलसिस गर्ने बिरामीको सही तथ्यांकका विषयमा जानकारी लिन मद्दत पुुग्ने बताए। उनले रिफर गरेर...
‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक–अर्काका परिपूरक’
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक–अर्काका परिपूरक रहेको बताएका छन्। राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्। आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा स्थापनाकालदेखि नै महत्वपूर्ण भूमिका सम्पादन गर्दै आइरहेको प्रदेश प्रमुख भट्टको भनाई छ।...
गण्डकी प्रदेशमा प्रेस रजिस्ट्रारको खोजी
गण्डकी प्रदेश सरकार प्रेस रजिस्ट्रार लागि आवेदन माग्ने तयारीमा छ। त्यसका लागि प्रदेश सरकारले एक समिति गठन गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका अर्थमन्त्री डा. टकराज गुरुङको संयोजकत्वमा प्रेस रजिस्ट्रार नियुक्तिका लागि समिति गठन गरेका हुन्। समितिमा अग्रज पत्रकार रवीन्द्र बास्तोला सदस्य र सदस्य सचिवमा मुख्यमन्त्री तथा मन्त्रिपषिद्को कार्यालयका सचिव केशवराज ढकाल छन्। प्रदेश सचिव...
गण्डकी प्रदेश नीति तथा योजना आयोगको अवधारणापत्र सार्वजनिक
गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले आयोजना अबधारणा पत्र सार्वजनिक गरेको छ। सो कार्यक्रममाा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अझै पनि भनसुन र पहुँचका आधारमा बजेट बन्ने आरोप लगाए। उनले अझैपनि स्थानीय तह, प्रदेश र संघीय सरकारका आयोजनाहरुमध्ये ५० प्रतिशत जसो पहुँचका आधारमा योजनाहरु छनौट हुने गरेको दाबी गरे। प्रोजेक्ट बैंकबाट योजनाहरु छनौट...