गण्डकी

लोकतन्त्र विरोधी कानुन संसदले बनाउँदैन : सभामुख घिमिरे
पोखरा । सङ्घीय संसदका सभामुख देवराज घिमिरेले अभिव्यक्ति स्वतन्त्रता कुण्डित हुने गरी सङ्घीय संसदले कुनै कानुन नबनाउने बताउनुभएको छ।  प्रेस क्लब गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पुरस्कार अर्पण समारोहमा बोल्दै उहाँले हामी सबैले लडेर ल्याएको लोकतन्त्र विरोधी कानुन बनाउन सम्भव नभएको बताउनुभएको हो । “कानुनको अभावमा धेरै बेथिति बढेका छन्,” उहाँले भन्नुभयो, “बेथितिलाई नियन्त्रण गर्नका...
नेपाललाई विश्वमाझ चिनाउन गोर्खा समुदायको महत्वपूर्ण भूमिकाः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्वमाझ नेपाललाई परिचित गराउन वीर गोर्खाली सैनिकको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । भारतीय, ब्रिटिश तथा सिंगापुर गोर्खा पुलिसका गोर्खा समुदायबाट २०६६ सालमा स्थापित गोर्खा कम्युनिटी पोखराले आयोजना गरेको तेस्रो संस्करणको गोर्खा मेलाको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले राष्ट्रियताको लागि गोर्खा समुदायले ठूलो योगदान पुर्‍याएको बताउनुभयो ।  ‘वीर...
बलात्कार आरोपमा नेकपा एसका नेता पक्राउ
स्याङ्जा । जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जाका जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ पर्नु भएको छ । कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उपाध्यक्ष गिरीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको हो । स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले घरबाट नै...
गण्डकी प्रदेश साहसिक पर्वतीय खेल पर्यटनको हब बन्न सक्छः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशलाई साहसिक तथा पर्वतीय खेलकुद पर्यटनको हबका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । अल्पाइन स्पोर्ट्स फेडेरेशन, गण्डकी प्रदेशको प्रथम साधारणसभामा प्रमुख अतिथि भट्टले नेपाल विश्वमै लोकप्रिय साहसिक तथा पर्वतीय खेलको केन्द्रबिन्दु बन्न सक्ने बताउँदै मुलुकभित्र पनि गण्डकी प्रदेशलाई हबका रुपमा विकास गर्न सकिने बताउनुभयो । ‘गण्डकी...
नेताले किन पढ्नुपर्छ ?
पोखरा । नेपाली समाजमा एउटा सर्वमान्य मानक बनेको छ, ‘नेताले पढ्दै पढ्दैनन् ।’ के साँच्चै नेताले नपढ्ने हुन् त ? पढ्दा कस्ता के पढ्छन् ? कस्ता पुस्तक पढ्छन् ? यिनै प्रश्नको पेरीफेरिमा पोखरामा शनिबार बहस चल्यो । फेवाताल किनारको बाराहीघाटमा बुकवर्म फाउण्डेसनको आयोजनामा जारी १२ औं संस्करणको एनसेल फाण्डेसन नेपाल लिटरेचर फेस्टिभलमा ‘नेताले किन पढ्नुपर्छ...
चेतनाको अग्रपक्ष लिने विधा कविता
पोखरा । थोरै शब्दमा गहिरो भाव पोख्ने माध्यम हो कविता । छोटो र लयात्मक रुपमा भाव पोख्छ कविताले । प्रेम र विद्रोह दुबै बोल्ने दरिलो आयम समेत मानिन्छ कविता । कविताको कर्म यहीँ मानिन्छ । कविकै विचारमा कविताको कर्म के हो त ? कविता चेतनाको कलात्मक विधा रहेको बताउँछिन् स्वतन्त्रता र समानताका पक्षमा लेख्ने कवि...
राष्ट्र निर्माणको महाअभियानमा जुट्न राष्ट्रपति पौडेलको अपील
पोखरा । राष्ट्रपति रामचन्द्र पौडेलले केही भएन भन्ने मात्र नभई धेरै भएको छ तर देश र जनताका लागि हामीले अझै थुप्रै गर्न बाँकी छ भन्ने अठोट्सहित राष्ट्र निर्माणको महाअभियानमा जुट्न अपिल गर्नुभएको छ । श्रीमद्भगवत् ज्ञान महायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव २०८१ एवम् देवालय सराङकोट धामको समुदघाट्न समारोहमा समारोहलाई सम्बोधन गर्दै उहाँले जनताको लामो सङ्घर्ष,...
‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ’
पोखरा । ‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ,’ आख्यानकार छुदेन काविमोले भने । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा जारी एनसेल फाउन्डेसन १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘आख्यानको स्रोत’ सेसनमा आख्यानकार छुदेनले धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न नसकिने उल्लेख गरे । ‘धरातल, इतिहास थाहा नभई त्यसमा कल्पना गर्न सक्नुहुन्न । पहिला रिसर्च गर्ने हो । त्यसपछि...
संविधान संशोधन राजनीतिक एजेन्डा हो : रेखा शर्मा
पोखरा । पछिल्लो समय माथापच्चीको एक विषय बनेको छ संविधान संशोधन । असोज ३, २०७२ मा घोषणा भएको संविधान संशोधनको विषयमा दुई ठुला दल एकै ठाउँमा उभिएपछि थप चुलिएको छ । संविधान संशोधनको पक्ष र विपक्षमा बहस भइरहन्छ । संविधान संशोधन किन गर्ने ?के संविधान संशोधन आवश्यक छ ? राजनीतिक राजनीतिक अस्थिरताको कारक संविधानमा भएका...
‘ म अहिले अर्धभूमिगत अवस्थामा छु’
पोखरा । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले आफूू अझै पनि अर्धभूमिगत अवस्थामै रहेको बताएका छन् । सरकारले आफूविरुद्ध वारेन्ट जारी नगरे पनि पार्टीलाई अर्धभूमिगत राखेकै कारण आफू पनि अर्धभूमिगत रहेको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रले गरेको सशस्त्र संघर्ष माक्र्सवादी लेनिनवाद सिद्धान्त अनुरुप नभएको उनले बताए । व्यवस्था र मुलुक परिर्वतनका निम्ति सशस्त्र संघर्ष...