गण्डकी

धरौटीमा छुटे पूर्वसांसद ढाकाकुमार श्रेष्ठ
पोखरा । लागुऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ रिहा भएका छन् । उनलाई जिल्ला अदालत कास्कीले ७५ हजार रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । न्यायाधीश भोलानाथ ढकालको इजालसले श्रेष्ठलाई धरौटीमा छोड्न आदेश दिएको हो । कास्की जिल्ला अदालतका अनुसार उनी धरौटी बुझाएर रिहा भइसकेका छन् । मेडिकल व्यावसायी दुर्गा प्रसाईंसँगको फोन कुराकानीमा...
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना
पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश ,लुम्बिनी र कर्णाली प्रदेशका...
पोखरा २२ लाई बालश्रम मुक्त बनाउने अभियानमा पोउवा संघ
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सामाजिक विकास केन्द्रले पोखरालाई बालश्रम मुक्त क्षेत्र बनाउने अभियानअन्तर्गत वडा नम्बर २२ मा सरोकारवालासँग छलफल गरेको छ । छलफलको क्रममा बालश्रममुक्त क्षेत्र निर्माणका लागि चाल्नुपर्ने आवश्यक कदमहरु, कानुनी पक्ष,वडा कार्यालय तथा नागरिक समाजको दायित्वबारे चर्चा गरिएको थियो । सामाजिक विकास केन्द्रका परियोजना निरीक्षक सफल बरालले बालश्रमविरुद्धको अभियानमा सरोकारवालाको भूमिका...
चट्याङ लागेर जनप्रतिनिधि घाइते
पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीया कृष्णकुमारी घर्ती घाइते भएकी हुनु । रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्यङले बाँयाहातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रो सिटी अस्पतालमा ल्याइएको थियो ।...
अन्तर्राष्ट्रिय संग्रहालयले पर्यटन दिवस मनाउँदै
पोखरा । पोखरा  १७ रातोपहिरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले अन्तर्राष्ट्रिय पर्यटन दिवस मनाउने भएको छ । संग्रहालयले पर्यटन दिवस सेप्टेम्बर २७ अर्थात् शुक्रबार आउने सबैलाई प्रवेश टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ । शुक्रबार संग्रहालय भ्रमणका लागि आउने पहिला व्यक्ति वा समूहलाई स्वागतसहित टिकट शुल्कसमेत नलिइने संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिइन् ।...
गोर्खा मिडियामा सहकारीको रकम ल्याउने आइडिया रविकै : छवि
पोखरा असोज ९ । सहकारी ठगी प्रकरणमा मुछिएर पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीको बयान सुरु भएको छ । उनलाई सोमबार जिल्ला अदालत कास्कीबाट सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न ५ दिन हिरासतमा राख्न अनुमति लिएर बयान लिन सुरु गरिएको हो । सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा छवि पक्राउ परेका हुन्...
विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस पाेखरामा मनाइँदै, आज सातै प्रदेशका पर्यटन मन्त्रीको भेला
पोखरा ९ असोज । पर्यटकीय राजधानी पोखरामा विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाइने भएको छ । विश्व पर्यटन दिवसको अवसरमा आज संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला हुँदैछ । सघीय मन्त्रीसहित सबै प्रदेशका मन्त्री मंगलबार साँझसम्म पोखरा आइपुगेको गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए । मन्त्रीहरुकाे भेला लेकसाइडस्थित टिका रिसाेर्टमा हुन लागेकाे...
कास्की प्रहरी प्रमुख थापाको सुरुवा, श्यामबाबु ओलिया आउने
पोखरा ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) मोहनुकमार थापाको सुरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यालय मानव अधिकार उलंघन अनुगमन इकाइमा सरुवा भएको हो । थापाको ठाउँमा शयमबाबु ओलिया आउने प्रहरी प्रधान कार्यालय जानकरी दिएको छ । उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा कैलाली धनगढीबाट...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
छविको प्रहरीलाई प्रश्न, रविलाई कहिले पक्राउ गर्ने ?
काठमाडौं ८ असोज । सहकारीको बचत रकम अपलचन गरेको आरोपमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रहरीसँग प्रश्न गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी पोखरा पठाउने क्रममा सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ? भनेर पश्न...