देश-समाज

प्रधानमन्त्री केपी ओली आज दिउँसो स्वदेश फर्कदैं
पोखरा ।  प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका हुन्जा ।  चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका...
राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा प्रदीपराज वन्त दोहोरिए
काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल अध्यक्षमा प्रदीपराज वन्त दोहोरिएका छन् ।  समूहको १३ औँ अधिवेशनले राष्ट्रिय समाचार समिति राससका फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समूहको वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन...
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
चितवन ।  बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ ।  काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा दशैंँको घटस्थापना अर्थात् असोज १७ गतेदेखि कात्तिक २० गते बिहानसम्म दुई सय ३० दुर्घटना भएकामा २४ जनाको मृत्यु भएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका...
बाढी पहिरो बितण्डा
बाढी र पहिरोले लियो १ सय ७१ काे ज्यान, ४२ अझै बेपत्ता
पोखरा । गत शुक्रबार र शनिबार परेको अविरल वर्षाले निम्त्याएको प्राकृतिक विपद्का घटनामा १ सय ७० जनाको मृत्यु भएको छ । आइतबार रातिको विवरण अनुसार विपद्मा परेर ४२ जना हराइरहेका छन्। बाढीपहिरोले ३ हजारभन्दा बढी घर क्षतिग्रस्त भएको प्रारम्भिक तथ्यांक छ । प्रहरीको विवरण अनुसार प्रकोपमा परी धादिङमा ३८, काभ्रेमा ३४, ललितपुरमा ३०, काठमाडौंमा १७, सिन्धुपाल्चोकमा...
ढोरपाटनका मेयर देवकुमारलाई बागलुङ लगियो, भोलि अदालत पेश गरिने
पोखरा । सहकारीको रकम अपचलन गरेको आरोप लागेको करिब डेढ वर्षपछि पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बागलुङ लगिएको छ । भारतको नयाँ दिल्लीमा पक्राउ परेका उनलाई काठमाडौं ल्याएर आज पोखराहुँदै बागलुङ लगिएको हो । सहकारी बचतकर्ताको १ अर्ब भन्दा बढी रकम अपचलन गरेको अभियोग लागेका उनी डेढ वर्षदेखि फरार रहेका थिए । नेपालीलाई...
बाढी र पहिरोमा १ सय ४८ को मृत्यु, ५५ जना अझै बेपत्ता
काठमाडौं । वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीका अनुसार ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १ सय १ जना घाइते छन्। ३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ । काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा...
प्राकृतिक विपद्का घटनामा ज्यान गुमाउनेको संख्या १ सय ३२ पुग्यो
काठमाडौं । शुक्रबार र शनिबार लागतार परेको पानीका कारण प्राकृतिक विपद्का घटनामा परी देशभर अहिलेसम्म १ सय ३२ जनाको ज्यान गएको छ ।गृह मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ६८, बागमती प्रदेशमा ४५, कोशी प्रदेशमा १७ र मधेश प्रदेशमा २ जनाको मृत्यु भएको छ । त्यसैगरी विपद्का घटनामा परी ६४ जना बेपत्ता र ६१ जना घाइते भएका...
झ्याप्लेखोला पहिरोमा २४ जनाको शव फेला
तस्बिर सशस्त्र प्रहरी बल धादिङ । धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ । प्रहरीका अनुसार उक्त पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका हुन् । चितवनबाट काठमाडौंका लागि आएको माइक्रोबस पनि आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको छ । उक्त माइक्रो बसबाट ७ जनाको शव निकालिएको...
बाढी र पहिरोमा परी १ सय १३ जनाको मृत्यु, ६८ जना बेपत्ता
पोखरा । लगातार परेको पानीले निम्तिएको विपद्ले देशका विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १३ जनाको ज्यान गएको छ । घटनामा ६८ जना बेपत्ता भएको प्रहरीले बताएको छ  । देशभर १ सय जना घाइते भएका छन् । काठमाडौं उपत्यकामा बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको...
बाढी र पहिरोले देशभर ३५ जनाको मृत्यु, ११ बेपत्ता
पोखरा । लगातारको वर्षाले निम्त्याएको प्राकृतिक प्रकोपमा परी देशभर ३५ जनाको ज्यान गएको छ । बाढी, पहिरो र घर भक्तेर काठमाडौंउपत्यकामा २३ जना र विभिन्न जिल्लामा गरी १२ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार अन्य ११ जना बेपत्ता छन् । काभ्रेपलाञ्चोकमा ६, पाँचथर र धनकुटामा २–२, झापा र धादिङमा १–१ जनाको मृत्यु...