अमेरिका

कार्यभार सम्हाल्नुअघि नै विवादमा डोनाल्ड ट्रम्प
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले कार्यभार सम्हाल्नुअघि नै उनको कतिपय निर्णयलाई लिएर विवाद सुरु भएको छ । ट्रम्प पहिलादेखि नै यौन काण्डमा मुछिएका थिए । यसैबिच उनले आफ्नो सरकारमा यौन दुर्व्यवहारको आरोप लागेको व्यक्तिहरूलाई मनोनयन गरेका छन् । यस्तो अवस्थामा विवाद चर्किएको छ । ट्रम्पले भर्खरै म्याट गेट्जलाई महान्यायाधिवक्ताको रूपमा नियुक्त गरेका...
नव निर्वाचित अमेरिकी राष्ट्रपति ट्रम्पको सजायको फैसला अदालतद्वारा स्थगित
न्युर्योक ।  अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको फौजदारी सजायको फैसला न्यूयोर्कको एक अदालतले फेरि स्थगित गरेको छ । न्यायाधीशले कम्तीमा १९ नोभेम्बरसम्मका लागि सबै निर्णय स्थगित गरेका हुन् । ट्रम्पका वकिलहरू र अभियोजकहरू दुवैले म्याद थप एक हप्ता ढिलाइ गर्न अनुरोध गरेपछि न्यायधीसले स्वीकार गरेका बीबीसीले जनाएको छ । सन् २०१६ को चुनावअघि एक महिलासँगको...
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित
न्युयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका ट्रम्प २०२० को चुनावमा भने डेमोक्र्याट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । त्यसपछि पुनः यसवर्षको चुनावमा उम्मेदवारी दिएका ट्रम्पले डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेर दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका...
अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता
न्युयोर्क । हिजो भएको अमेरिकी राष्ट्रपति निर्वाचनको प्रारम्भिक मत गणनाको नतिजा सार्वजनिक भएको छ । नतिजा अनुसार रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अग्रता लिएका छन् । ट्रम्पले ९९ स्थानमा र डेमोक्रयाट उम्मेदवार कमला ह्यारिसले २५ स्थानमा अग्रता लिएकी छन् । राष्ट्रपति निर्वाचनका लागि मंगलबार मतदान भएको थियो । निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच कडा...
अमेरिकामा ४७ औं राष्ट्रपति चयन गर्न आज चुनाव
न्युयोर्क । अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि आज मंगलबार निर्वाचन हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केही अघि देखिएकी छन् । अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत...
अमेरिकामा ४७ औं राष्ट्रपति चयन गर्न भोलि चुनाव
न्युयोर्क — अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केही अघि देखिएकी छन् । अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन प्राप्त गरेकी छन् । ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ रहेको पछिल्लो चुनावी सर्वेक्षणहरूले...
सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवन खरिद गरिने
अमेरिका । अमेरिकाकै प्रख्यात सहर सान् फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको भवन खरिद खरिने भएको छ । अमेरिकाकै पुरानो संस्था नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिद अफर स्वीकृत भएपछि भवन किन्ने बाटो खुलेको हो । हजारौं नेपालीको बसोबास रहेको यो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पूरा हुने भएको छ ।...
अमेरिकी राष्ट्रपति निर्वाचन : एक मतदातालाई १० लाख डलर दिने एलन मस्कको घोषणा
वासिङ्टन डीसी । अमेरिकामा यतिबेला चुनावको चहलपहल बाक्लो छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले खुलेर पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा लागेका छन् । यसैबिच उनले राष्ट्रपतिको निर्वाचनसम्म हरेक दिन एक जना मतदाताले १० लाख डलर जित्ने मौका दिने वाचा गरेका छन् । यसका लागि उनले सर्त पनि तोकेका छन् । अमेरिकी संविधानलाई...
चुनाव नजिकिँदै गर्दा बाइडेनद्वारा ४४ अर्ब ५० करोड डलर विद्यार्थी ऋण राहत स्वीकृत
अमेरिका । राष्ट्रपति निर्वाचनको दुई साताभन्दा कम समय बाँकी रहँदा अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार सार्वजनिक सेवकहरूका लागि करिब ४४ अर्ब ५० करोड डलर बराबरको अतिरिक्त विद्यार्थी ऋण राहत घोषणा गरेका छन् ।  पदमा आएदेखि बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको ऋण माफीमा सुधार ल्याउने प्रयासहरूको प्रशंसा गर्दै यो कार्यले देशभरका करिब ६० हजार ऋणीलाई प्रभावित...
अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्य दूतावास खाेल्ने प्रमको प्रतिबद्धता
न्युयोर्क असोज ८ । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न संगठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक...