अमेरिका

अमेरिका र नेपालबाट एक साथ रिलिज भयो रामप्रसाद खनालको सन्देशमूलक गीत “केही नगरी बस्यो भने”(भिडियो)
वाशिङ्गटन डिसी / लोकगीत, दोहोरी गीत क्षेत्रका अग्रज, लोकप्रिय गायक एवम् सुप्रसिद्ध कलाकार, पत्रकार रामप्रसाद खनालको अर्को नयाँ सन्देशमूलक लोकगीत अमेरिकामा भर्खरै रिलिज भएको छ । खनालको नयाँ गीत ” केही नगरी बस्यो भने ” नेपालमा वैशाख १९ गते शुक्रवार बेलुकी ५ बजे देखि र अमेरिकामा मे २ तारिख बिहान ७:१५ बजे ( न्यूयोर्क समय...
अमेरिकाबाट रामप्रसाद खनालले ल्याए नयाँ गीत “बाँकी छ हेर” (भिडिओ)
अमेरिका / “बाँकी छ हेर तिम्रो हाम्रो माया प्रीति फुल्न बाँकी छ, बाँकी छ हेर दुवै जना लुक्दै भाग्दै डुल्न  बाँकी छ ” भन्दै जाने मानेका वरिष्ठ लोक तथा दोहोरी गायक रामप्रसाद खनालले फेरि अर्को  नयाँ गीत “बाँकी छ हेर” बजारमा ल्याएका छन् । उनले उक्त गीतको  एल्बम  “बाँकी छ हेर” भर्खर अमेरिकाबाट  रिलिज गरेका...
पत्रकार आचारसंहिता र नेपाली मिडियामा प्रयोगसम्बन्धी नेजाको अन्तरक्रिया
टेक्सास, अमेरिका । नेपाल अमेरिका पत्रकार संघ (नेजा) टेक्सासको ड्यालसमा ‘पत्रकार आचारसंहिता, विश्वव्यापी अभ्यास र नेपाली मिडियामा प्रयोग’ विषयक अन्तरक्रिया गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यतामा आइतबार टेक्सासको युलेस लाइब्रेरीमा आयोजना गरिएको कार्यक्रममा नेपाली पत्रकारिताको वर्तमान अवस्था र आचारसंहिताका सम्बन्धमा सो अन्तरक्रिया गरिएको हो । प्रमुख अतिथि एवं प्रेस काउन्सिल...
कास्की समाज अमेरिकाद्वारा प्रेस रजिस्टार भण्डारीलाई स्वागत
न्यूयोर्क अमेरिका । कास्की समाज अमेरिका न्यूयोर्कले नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवं गण्डकी प्रदेशका प्रेस रजिस्टार विमला भण्डारीसँग न्यूयोर्कको सन्नी साईडमा भेटघाट तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ। भण्डारी ११५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा संयुक्त राष्ट्रसंघ मुख्यालयमा आयोजित 69th session of the Commission on the Status of Women (CSW69) मा सहभागी हुन नेपालबाट...
“हिमाल जोगाऔं, पृथ्वी बचाऔं” कार्यक्रम न्युयोर्कमा सम्पन्न
 न्ययोर्क । पर्वते खेलकुद संघ न्यूयोर्क र साथसाथै संस्थाको संयुक्त आयोजनामा “हिमाल जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मुख्य उद्देश्यका साथ एक विशेष अन्तर्क्रिया कार्यक्रम न्यूयोर्कमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, वरिष्ठ पत्रकार बबिता बस्नेत, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष नीतु पण्डित, नेपाल टेलिभिजनकी वरिष्ठ पत्रकार अनिता बिन्दु, रेडियो कान्तिपुरकी सञ्चारकर्मी...
न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका प्रेम सेन्चुरीले ल्याए “माया सारिदेऊ” (भिडियो सहित)
न्युयोर्क । अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका  गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको गितकाे भिडियो सार्बजनिक भएको छ । बिगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्बजनिक गरेका हुन् । राजु सिंहको संगित, डिपी खनालको शब्द र बिमल बुढाथोकीको...
अमेरिकी डलरको भाउ उकालो लाग्यो
काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो । युरोपियन युरो एकको...
अमेरिकाको वासिङ्टन डिसीमा हवाई दुर्घटना, ६७ जनाको मृत्यु
वासिङ्टन डीसी। अमेरिकाको वासिङ्टन डीसीमा बिहीबार बिहान भएको हवाई दुर्घटनामा ६७ जनाको ज्यान गएको छ । वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको बम्बार्डर सीआरजे ७०० जेट विमान सेनाको हेलिकोप्टरसँग आकाशमै ठोकिएपछि पोटोम्याक नदीमा खसेको थियो । ६० जना यात्रु र चालक दलका ४ सदस्यसहित कान्सस राज्यको विचिटाबाट उडेको अमेरिकन एयरलाइन्सको सहायक कम्पनी पीएसए एयरलाइन्सको...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए शपथ
अमेरिका । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका छन् । वासिङटन डीसीस्थित यूएस क्यापिटल वन एरेनामा आयोजित कार्यक्रमबीच प्रधानन्यायाधीश जोन रोबर्टसले ट्रम्पलाई शपथ दिलाए । रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बनेका ट्रम्प डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसलाई पराजित गर्दै ४७औँ राष्ट्रपति चुनिएका हुन् । राष्ट्रपतिका रूपमा ट्रम्पको यो दोस्रो कार्यकाल हो...
अमेरिकामा टिकटक सेवा बन्द
वासिङ्टन । अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी भइरहेका समय टिकटकले सेवा अवरूद्धताका लागि आफ्ना प्रयोगकर्ताहरूसँग क्षमा याचना गर्दै हाललाई अमेरिकामा यो सेवा अवरूद्ध भएको घोषणा गरेको छ । केही अमेरिकी प्रयोगकर्ताले टिकटकलाई गुगल एप स्टोरबाट पनि हटाइएको बताएका छन् । अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा केही घण्टाअघि नै सामाजिक सञ्जाल टिकटक बन्द गरिएको हो । प्रयोगकर्ताले...