मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसीपको च्याम्पियन बनेको छ। दशरथ रंगशालामा बुधबार भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्र च्याम्पियन बनेको हो। खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो। पेनाल्टीमा मछिन्द्रले बाजी मार्यो। पेनाल्टीमा मछिन्द्रका रंजित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन...