अब, ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी

अब, ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी

अनलाइन पत्रकार संघ गण्डकी

अब, पत्रकार ढाकामोहन (गणेश) बरालको नेतृत्वमा अनलाइन पत्रकार संघ गण्डकी अगाडि बढ्ने भएको छ।

संघ गण्डकीको अध्यक्षमा ढाका मोहन (गणेश) बराल चयन भएका छन्।

संघको आज (सोमबार) पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोश्रो अधिवेशनले बराललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

यसैगरी, संघको अधिवेशनले उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रल्हादचन्द्र घिमिरे, कोषाध्यक्ष चन्द्रिका घिमिरे (अनिता) चयन भएका छन् छन्।

त्यस्तै, संघको सदस्यहरुमा सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रविण मगर, निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बस्नेत छन्।

अनलाइन पत्रकार संघ गण्डकीका निवर्तमान अध्यक्ष कमल सुवेदीले गण्डकी सरकारले ल्याउन लागेको आमसंचार विधेयक अनलाइन मिडियामैत्री हुनुपर्ने धारणा राखे।

दर्तादेखि नविकरण सम्मको काम झन्झटिलो रहेको उनले उल्लेख गरे। गण्डकी प्रदेशको राजधानी पोखरामै नविकरण गर्ने व्यवस्था मिलाउन नीति निर्माण गर्नुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds