नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गर्दै
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले न्यु मिडियाले विश्वसनीय पत्रकारिताको भविष्य उजागर गरेको रहस्य खोलेका छन्। काउन्सिलको आयोजना र संचारिका समूहको संयोजनमा आइतबार काठमाडौँमा भएको न्यु मिडिया र पत्रकार महिला (युट्युबसहित सामाजिक सञ्जालको पत्रकारितामा प्रभाव) विषयक अन्तरक्रिया तथा प्यानल छलफलमा बोल्दै बस्नेतले यस्तो बताएका हुन्। अध्यक्ष बस्नेतले युट्युबलगायत सामाजिक सञ्जालसहितका न्यु मिडियाले संचार माध्यमबीचको ठूलो...
प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य
रामप्रसाद आचार्य प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुख बनेर आएका छन्। परिषद स्थापनाको ३ वर्षपछि आचार्य महाशाखा प्रमुखका रुपमा आएका हुन्। नेपाल शिक्षा सेवाको अधिकृतस्तर १० औं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन्। विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभवप्राप्त आचार्य यसअघि प्रदेश नीति तथा...
विभागीय आर्मी राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन
विभागीय त्रिभुवन आर्मी क्लब गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीप’ को फाइनलमा अर्को विभागीय नेपाल पुलिसलाई हराउँदै आर्मी क्लब च्याम्पियन बनेको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बन्यो।...
‘आमसंचार र समावेशी पत्रकारिता’ पुस्तकमाथि परिचर्चा
पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसंचार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा पुस्तकको परिचर्चा गरिएको हो। कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशिताको सैद्धान्तिक पक्ष तथा सरकारी संचार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाबारे तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको बताए। पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली...
सम्पादकको योग्यता पुनरावलोकनको तयारी
प्रेस काउन्सिल नेपालले सम्पादकको योग्यता र मापदण्ड पुनरावलोकनको प्रक्रिया थालेको छ। डिजिटलसहित विभिन्न संचार माध्यममा सम्पादकको पुरानै योग्यता भएकाले पुनरावलोकन आवश्यकदेखि प्रक्रिया थालिएको काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले बताए। अध्यक्ष बस्नेतले मंगलबार नयाँ अनलाइन, युट्युब, संचार माध्यमका संचालक, सम्पादकलाई काउन्सिलमै राखिएको अभिमुखिकरण कार्यक्रममा यस्तो बताएका हुन्। ‘प्रविधिले फड्को मारी पत्रकारिताको आयाम र प्रवृत्तिमा व्यापक विस्तार भएको...
पोखरा महानगरको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
पोखरा महानगरपालिको १५ औँ नगर सभाले आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको छ। नगर सभाको सोमबार बसेको बैठकले छलफलपछि नगर प्रमुख धनराज आचार्यद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको हो। यसअघि, नीति तथा कार्यक्रममाथिको छलफलमा नगर सभा सदस्यहरूले सक्रियतापूर्वक सहभागिता जनाए। उनीहरूले नगर प्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रम समुन्नत पर्यटकीय पोखराको...
पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५१ करोड
पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको भन्दा यस वर्षको बजेट ४३ करोड रुपैयाँ बढि हो। चालु आर्थिक वर्षको बजेट ७ अर्ब ८ करोड ३४ लाख २४ हजार रुपैयाँको बजेट थियो। बजेट वक्तव्यको क्रममा महानगरले चालु आर्थिक वर्षको लागि ७...
पोखरा महानगरको नीति तथा कार्यक्रम २०८१/८२ आयो
पोखरा महानगरपालिकाले ‘पर्यटन राजधानी पोखरा एकीकृत रणनीतिक कार्ययोजना’ तयार गर्ने भएको छ। महानगरप्रमुख आचार्यले आज (आइतबार) आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटन राजधानी पोखराको योजनाबद्ध विकासका लागि कार्ययोजना तयार गरी संघ, प्रदेश र अन्य सरोकारवालाहरूसँगको समन्वय तथा साझेदारीमा कार्यान्वयन गरिने बताए। महानगरका ३३ वडाको मौलिकता तथा विशिष्टताको पहिचान, वडाको संभावना...
असार २२ मा नेपाल पत्रकार महासंघको चुनाव
आगामी असार २२ गते नेपाल पत्रकार महासंघको चुनाव हुने भएको छ। महासंघले सो मितिमा मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज (शुक्रबार) निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो। हेरौं, पत्रकार महासंघको सूचना निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानका लागि समय तोकेको छ। महासंघले...
गण्डकी प्रदेशले ल्यायो झण्डै ३२ अर्बको बजेट
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि झण्डै ३३ अर्वको बजेट ल्याएको छ। गण्डकी प्रदेशसभाको आज (शनिबार) को बैठकमा ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बजेट विनियोजन गरिएको हो। गण्डकी प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार रुपैयाँ...