नेपालय नेटवर्क

नेपालय नेटवर्क

नेपालय नेटवर्कका अन्य लेखहरू

कास्की प्रहरी प्रमुख थापाको सुरुवा, श्यामबाबु ओलिया आउने
पोखरा ८ असोज । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक (एसपी) मोहनुकमार थापाको सुरुवा भएको छ । उनको प्रहरी प्रधान कार्यालय मानव अधिकार उलंघन अनुगमन इकाइमा सरुवा भएको हो । थापाको ठाउँमा शयमबाबु ओलिया आउने प्रहरी प्रधान कार्यालय जानकरी दिएको छ । उनको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय मानव स्रोत व्यवस्थापन महाशाखा कैलाली धनगढीबाट...
४२ लाखका च्यांग्रासहित फरार फकिर पक्राउ
पोखरा असोज ८ । मुस्ताङका ताक्ला गुरुङको १ सय ३ वटा च्यांग्रा ट्रकमा लोड गरी बेपत्ता भएका मोहम्मद फकिर पक्राउ परेका छन् । गत असोज १ गतेदेखि बेपत्ता भएका उनलाई असोज ७ गते पोखरा ७ मासबारस्थित कोठाबाटै पक्राउ गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । विवरण अनुसार गत असोज १ गते मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका...
इजरायलको आक्रमणमा लेबनानमा ३ सय ५६ जनाको मृत्यु
एजेन्सी, असोज ८ । दक्षिणी लेबनानमा इजरायलले सोमबार गरेको हवाई आक्रमणमा ३ सय ५६ जना मारिएका छन् । आक्रमणमा १ हजार २ सय भन्दा बढी घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घाइते हुनेमा कतिपय महिला, बालबालिका र स्वास्थ्यकर्मी छन् । अधिकारीहरूले मृतकको संख्या अझै बढी हुन सक्ने बताएका छन् । इजरायली सेनाले भने...
छविको प्रहरीलाई प्रश्न, रविलाई कहिले पक्राउ गर्ने ?
काठमाडौं ८ असोज । सहकारीको बचत रकम अपलचन गरेको आरोपमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीले रवि लामिछानेलाई कहिले पक्राउ गर्ने भन्दै प्रहरीसँग प्रश्न गरेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरी पोखरा पठाउने क्रममा सञ्चालकलाई पक्राउ गर्नुभयो, एकल चेक काट्ने र रकम अपचलन गर्नेलाई कहिले पक्राउ गर्ने हो भाइ ? भनेर पश्न...
अमेरिकाको क्यालिफोर्नियामा नेपाली महावाणिज्य दूतावास खाेल्ने प्रमको प्रतिबद्धता
न्युयोर्क असोज ८ । संयुक्त राष्ट्रसङ्घको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेलीले अमेरिकाको पश्चिमी क्षेत्र क्यालिफोर्नियामा चाँडै नेपाली महावाणिज्यदूतावास खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेटेर प्रवासी नेपाली मञ्चलगायत नेपाली समुदायका विभिन्न संगठनले सो क्षेत्रमा महावाणिज्यदूतावास खोल्न माग गरेका थिए । प्रधानमन्त्री ओलीले उक्त मागप्रति आफू सकारात्मक...
छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतको आदेश
पोखरा ७ असोज । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डिआइजी) छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । प्रहरीले १० दिनको समय माग गरे पनि कास्की जिल्ला  अदालतका न्यायाधीश चन्द्रकान्त पौडैलको इजलाशले ५ दिनका लागि म्याद थप गरेकाे...
पोखरामा रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी
पोखरा ७ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा पोखरामा नाराबाजी भएको छ । जिल्ला प्राशसन कार्यालय नजिकै रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचतकर्ताले प्रदर्शन गरेका हुन । रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन । सहकारीको पैसा गोर्खा...
धनुषा प्रहरीको हिरासतबाट थुनुवा फरार
धनुषा असोज ७ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् । आज बिहान करिब ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेसन फोडेर ८ जना फरार भएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ । प्रहरी स्रोतका अनुसार एक हिरासत कक्षमा रहेका ९ जना थुनुवामध्ये भेन्टिलेसन फोडेर सबै निस्किएर भागेपनि १ जना पक्राउ...
डेंगीका बिरामीले अस्पतालका बेड भरिए
पोखरा ५ असोज । लामखुटेले टोक्दा लाग्ने डेंगी रोगबाट अहिले पोखरा र समग्र गण्डकी प्रदेश प्रभावित भएको छ । अस्पतालका बेडहरु संक्रमितले भरिएका छन् भने संक्रिमित हुनेको संख्या बढ्दै जाँदा जाँच गर्ने किटको समेत अभाव हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार गण्डकीका १० जिल्लामा ८ हजार ६ सय २० जनामा डेंगी देखिएको छ ।...
पारा ओलम्पिकमा कांस्य विजेता पलेसालाई पोखरामा सम्मान
पोखरा ३० भदौ । पारा ओलम्पिक खेलकुदमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी तेक्वान्दोकी पलेसा गोवर्धनलाई आज पोखरामा सम्मान गरिएको छ । तेक्वान्दो संघ गण्डकी र तेक्वान्दो संघ कास्कीको आयोजनामा पोखरा रंगशालामा भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई सम्मानपत्र र नगदसहित सम्मान गरेका हुन् । कार्यक्रममा उनलाई पोखरा महानगरपालिकाले...