आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी पोखरामा मनाइँदै

आज विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी पोखरामा मनाइँदै

Pokhara

पोखरा । आज विश्व पर्यटन दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । नेपालको पर्यटकीय राजधानी पोखरामा पनि यो दिवस मनाइँदै छ । असोज ९ देखि १२ गतेसम्म विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको हो ।

२७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसका रुपमा मनाइँदै आएको छ । ४५ औं विश्व पर्यटन दिवसको नारा टुरिजम एन्ड पिस (पर्यटन र शान्ति) छ । पर्यटन व्यवसायीहरुको छाता संगठन पोखरा पर्यटन परिषद् आयोजनामा विविध कार्यक्रम भइरहेका छन् । गण्डकी प्रदेश सरकार, उद्योग तथा पर्यटन मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले कार्यक्रममा सहकार्य गरेका छन् ।

विश्व पर्यटन दिवसको मुख्य दिन आज पोखरामा र्‍यालीसिहत पर्यटकलाई स्वागत गर्ने कार्यक्रम राखिएको पोखरा पर्यटन परिषद्का महासचिव जीवन सापकोटाले बताए । उनका अनुसार आज लेकसाइडको फिष्टेल गेटदेखि पोखरा विमानस्थलसम्म पर्यटक वहाक सवारी साधानको र्‍याली प्रदर्शन गरिने छन् ।

पोखरा विमानस्थल र पर्यटन बसपार्कमा पहिला आउने पर्यटकलाई स्वागत र सम्मान कार्यक्रम राखिएको छ । दिवसकै अवसरमा रेबान पोखराको आयोजनामा ‘मिनी सडक महोत्सव’ हुँदैछ । लेकसाइडको अम्बोटदेखि बाराहीचोकसम्म मिनी सडक महोत्सव हुनेछ । नाट्टा गण्डकी आयोजनामा पोखरा–६ स्थित नारेश्वर चोकमा आज बिहान क्तदान कार्यक्रम हुनेछ ।

पोखरा पर्यटन परिषद् आयोजनामा ‘पर्यटन र शान्त’ शीर्षकमा ‘टक सो’ हुनेछ । १२ असोजमा पोखरा क्लिकको आयोजना र पोखरा पर्यटन परिषद् सहकार्यमा पोखरा–२२ स्थित शान्ति स्तूप र बुद्धपार्क जोड्ने गरी पर्वतीय दौड हुनेछ ।दिवसका अवसरमा नीति संवाद, घरबास कार्यक्रम भइसकेका छन् । विश्व पर्यटन दिवसको अवसरमा संघीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला पनि पोखरामा भएको थियो । आज साँझ बाराही घाटमा दीप प्रज्ज्वलन कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया

भर्खरै