तनहुँ–२, प्रदेशसभा (१) बाट एमालेका श्यामराजा महत निर्वाचित

तनहुँ–२, प्रदेशसभा (१) बाट एमालेका श्यामराजा महत निर्वाचित

तनहुँ–२ (१०) बाट एमालेका श्यामराजा महत

तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) बाट नेकपा एमालेका उम्मेदवार श्यामराजा महत निर्वाचित भएका छन्।

श्यामराजाले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेलाई १ हजार ७७६ को मतान्तरले हराउँदै गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।

मत गणनाको अन्तिम नतिजामा श्यामराजा महतले १५ हजार ६६५ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका राजेन्द्रकेशरीले १३ हजार ८८९ मत प्राप्त गरे।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds