कास्की आदर्श समाज बहराइनद्वारा हिमालय आधारभूत विद्यालय लिपेयानीमा शैक्षिक सामग्री हस्तान्तरण

कास्की आदर्श समाज बहराइनद्वारा हिमालय आधारभूत विद्यालय लिपेयानीमा शैक्षिक सामग्री हस्तान्तरण

Messenger_creation_D232FB63-B692-4079-94D9-ED17AFA2421A

पोखरा/कास्की ।
“कस्केलीको एकता आजको अपरिहार्यता, समाज सेवा र विकासमा हाम्रो सहभागिता” भन्ने मूल नाराका साथ सन् २०१९ जुलाई ५ मा स्थापित कास्की आदर्श समाज बहराइनले आफ्नो वार्षिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत यस वर्ष कास्की जिल्ला, मादी गाउँपालिका–१२, लिपेयानीस्थित श्री हिमालय आधारभूत विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सहयोग सामग्री हस्तान्तरण गरेको छ।
मिति १७ जुलाई २०२६ (०१ साउन २०८३) का दिन विद्यालय परिसरमा आयोजित विशेष समारोहबीच विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्र्याकसुट, टी–सर्ट), जुत्ता तथा मोजा वितरण गरिएको हो। यस कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक सहयोग पुग्ने विश्वास गरिएको छ।
कार्यक्रम कास्की आदर्श समाज नेपाल को सहजीकरण तथा अन्तर्राष्ट्रिय समन्वय परिषद् को समन्वयमा सम्पन्न भएको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष श्री सन्तोष तिमिल्सिना, सचिव श्रीमती पूजा शाह ठकुरी, कास्की आदर्श समाज नेपालका अध्यक्ष श्री विश्वबन्धु थापा, वरिष्ठ उपाध्यक्ष श्रीमती पूजा गिरी, महासचिव श्री हरि बहादुर ढकाल, कोषाध्यक्ष श्री शिव गिरी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी विद्यालयका प्रधानाध्यापक श्री हिमाल पौडेल, विद्यालय व्यवस्थापन समिति, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
कास्की आदर्श समाज बहराइनले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा परोक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सहयोगी, नेपालस्थित पदाधिकारी, अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधि, विद्यालय परिवार तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गरेको छ।


समाजले आगामी दिनहरूमा पनि शिक्षा, समाजसेवा तथा मानवीय सेवाका विविध कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया

भर्खरै