इङ्ग्ल्यान्ड फिफा विश्वकपको अर्को चरणमा प्रवेश

इङ्ग्ल्यान्ड फिफा विश्वकपको अर्को चरणमा प्रवेश

(SP)U.S.-ATLANTA-FOOTBALL-FIFA WORLD CUP-ROUND OF 32-ENG VS COD

(260702) — ATLANTA, July 2, 2026 (Xinhua) — Yoane Wissa (front) of the Democratic Republic of the Congo (DRC) reacts as he misses a chance during the round of 32 match between England and the Democratic Republic of the Congo (DRC) at the 2026 FIFA World Cup at Atlanta Stadium in Atlanta, the United States, July 1, 2026. (Xinhua/Zhang Chen)

 इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । एटलान्टा स्टेडियममा आज भएको राउन्ड अफ ३२ अन्तर्गतको खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।

डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डको जितमा कप्तान ह्यारी केन नायक बन्नुभयो । उहाँले इंग्ल्यान्डका लागि दुवै गोल गर्नुभयो । खेलमा पहिलो अग्रता भने कंगोले लिनुभयो ।

खेलको ७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई  पहिलो अग्रता दिलाउनुभयो ।  त्यसपछि खेलको ७५औं मिनेटमा डीआर कंगोलाई पराजित गर्दै इंग्ल्यान्डका कप्तान केनले गोल गर्दै खेललाई एक एक गोलको  बराबरीमा ल्याउनुभयो । खेलको ८६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाउनुभयो । त्यसपछि दुवै टोलिबाट गोल हुन सकेन । यस हार सङै कंगो बिश्वकपबाट बाहिरिएको छ । एजेन्सी 

प्रतिक्रिया