सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहविरुद्ध बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षर

Cm-Kamal-B-Shah-(4)

धनगढी। सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसको संसदीय दलको नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ । दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहको नेतृत्वविरुद्ध बहुमत प्रदेशसभा सदस्यले हस्ताक्षर बुझाएका छन् ।

प्रदेशसभा सदस्य पदमबहादुर शाहीका अनुसार आज कांग्रेस संसदीय दलको सचिवालयमा नेता परिवर्तनको मागसहित हस्ताक्षर पेस गरिएको हो । उहाँले केन्द्रीय कार्यालयले प्रतिनिधि पठाएर आफूहरूले दिएको निवेदनको टुङ्गो लगाउने विश्वास व्यक्त गर्नुभयो ।

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ जना सदस्य रहेका छन् । तीमध्ये प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवा हाल अमेरिकामा रहनुभएकाले उपस्थित हुनुहुन्न । प्रदेशमा रहेका १७ प्रदेशसभा सदस्यमध्ये नौ जनाले दलको नेता परिवर्तनको पक्षमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्नेमा प्रदेशसभा सदस्य दीवानसिंह विष्ट, मानबहादुर रावल, पदमबहादुर शाही, बेलबहादुर राना, जुना दानी, ललिता सुनार, गीता चौधरी, तुलसी देवकोटा र डम्मरी महरा रहनुभएको छ । हस्ताक्षर गर्नेमा विगतमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षमा रहेका नेता तथा वर्तमान सभापति गगनकुमार थापा निकट मानिनुहुन्छ ।

प्रतिक्रिया

भर्खरै