रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत

रास्वपा केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी मनोनीत

bhuwan-kc

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा भुवन केसी मनोनीत भएका छन् ।

पार्टी सचिवालयको सोमबार बसेको बैठकले काठमाडौं निवासी केसीलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले मनोनयन पत्र हस्तान्तरण गर्दै केसीलाई नयाँ जिम्मेवारीको ’boutमा औपचारिक जानकारी दिएका छन् ।

काठमाडौं क्षेत्र नं. ५ (ख) का पार्टी सदस्य समेत रहेका केसीलाई पार्टीको विधान, नीति, सिद्धान्त तथा आयोगको नियमावली र कार्यविधि बमोजिम पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास पार्टीले लिएको छ । यसअघि उनी सोही आयोगका सदस्य थिए ।

प्रतिक्रिया

भर्खरै