पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीबीच व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ ।

एशोसियसनको कार्यालयमा राखिएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडा भित्रका व्यवसायीलाई कसरी सहजीकरण गरेर व्यवसायीका विभिन्न समस्याहरूलाई समाधान गर्ने सकिन्छ भन्ने विषयमा आफु गम्भीर भएर लागेको बताए ।
अध्यक्ष पराजुलीले भने,‘महानगरपालिकाले वैशाख १२ गतेदेखि १९ गतेसम्म प्रत्येक वडामा साताव्यापी अभिलेखिकरण शिविर कार्यक्रम गरिरहेको बताउदै यसमा घर बहाल कर,व्यवसाय दर्ता तथा नविकरण कर लगाएतका अन्य विषयहरूमा अभिलेखिकरण राख्ने कार्यक्रम रहेको हुदा यस अवसरलाई सदुपयोग गर्न व्यवसायीहरूलाई आग्रह गरे । अध्यक्ष पराजुलीले राज्यले वडा कार्यालयलाई दिएको अधिकारको सदुपयोग गर्दे आफुले व्यवसायीलाई घर वहाल कर व्यवसाय कर लगाएत अन्य समस्याहरूलाई समाधान गर्नको लागी आफु प्रतिवद्व भएर लाग्ने बताए ।

कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले ब्यवसायी साथीहरू अहिले राज्यका सम्पूर्ण नीति नियम पालना गर्न तयार रहेको तर व्यवसाय कर लगाएत अन्य कर बुझाउन जादा सम्बन्धित ठाँउमा सहज बाताबरण हुनुपर्ने बताए ।
एशोसियसनका सल्लाहकार तथा पुर्व अध्यक्ष माधव सिग्देलले देशमा अहिले देखिएको आर्थिक मन्दीको विकराल रूपले गर्दा व्यवसायीलाई बाध्यातात्मक परिस्थिति सिर्जना नगर्न वडा कार्यालयलाई आग्रह गरे ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुवँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य एशोसियसनका उपाध्यक्ष मनोहरि पौडेलले गरेका थिए भने कार्यक्रम सन्चालन महासचिव थमन सिंह गुरूङले गरेका थिए । कार्यक्रममा एशोसियसनका कार्यसमिति ,उपसमिति तथा सल्लाहकारहरूको उपस्थितिमा रहेको थियो ।
