मादी गाउँपालिकालाई टुक्र्याउन प्रस्ताव

मादी गाउँपालिकालाई टुक्र्याउन प्रस्ताव

Madi_Gaupalika

पाेखरा । कास्की जिल्लाको मादी गाउँपालिकाका बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको भेलाले मादी गाउँपालिकालाई दुईवटा गाउँपालिका बनाउन  प्रस्ताव गरेको छ ।

मादी गाउँपालिकाका ८,९,१०,११,१२ वडाका बुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक कार्यकर्ताहरुको भेलाले मादी गाउँपालिका अत्यन्त ठूलो भएकाले प्रशासनिक सेवा लिन कठिन भएको निस्कर्स निकाल्दै गाउँपालिका टुक्याउने निर्णय गरेको हो ।

भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा नागरिकलाई सहजरूपमा सेवा प्रवाह गर्न समस्या भइरहेको छ । नागरिकको सहजताका लागि उनीहरुकै माग र सल्लाह सुझावअनुसार गाउँपालिकालाई टुक्र्याएर दुईवटा बनाउने निर्णय गरिएको स‌योजक ओम प्रकाश गुरुङले बताए ।  गुरुङका अनुसार संघिया मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई इमेल गरिएको र भोलि मुख्यमन्त्री कार्यालय, जिल्ला समन्वय समितीलाई धेरैजनाको उपस्थितिमा पत्र पेश गर्ने कार्यक्रम रहेको बताए ।

प्रतिक्रिया