रेडियो अन्नपूर्णको वृहत रक्तदानको तयारी अन्तिम चरणमा

रेडियो अन्नपूर्णको वृहत रक्तदानको तयारी अन्तिम चरणमा

blood-donation-old-photo

पोखरा । रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहि चैत २१ शनिवार हुने बृहत रक्तदानको सम्पूर्ण तयारी पुरा भएको छ । कार्यक्रम रेडियो अन्नपूर्णको कार्यालय पोखरा– ४ गैह्रापाटनमा शनिबार बिहान ७ बजेबाट शुरु हुने रेडियोले जनाएको छ ।

रेडियो वार्षिक कार्यक्रम तथा सामाजिक उत्तरदायित्व अन्र्तगत यसबर्ष पनि चैतको तेश्रो शनिबार “रक्तदान म पनि गर्छु” भन्ने मूल नाराका साथ २४औं बृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने लागेको रेडियोका स्टेशन म्यानेजर संजयकुमार मल्लले जानकारी दिए।

चैत महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने भएकाले संस्थैगत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत कार्यक्रम गदै आइरहेको कार्यक्रम संयोजक सिता क्षेत्रीले बताइन्। रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरु समेत गठन गरिएको छ । रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहनेछ । रक्तदान कार्यक्रममा १७ देखी ६० वर्ष उमेर समूहका ४५ केजी भन्दामाथि तौल भएका कुनै पनि दिर्घरोगको औषधी सेवन नगरेका संक्रामक रोग नलागेका स्वस्थ व्यक्तिले रक्तदान गर्न सक्ने छन् ।

रक्तदान गर्नाले शरिरमा नयाँ रक्तकोष उत्पादन भई स्वास्थ्य प्राप्ति हुने, हृदयघात र क्यान्सरको खतरा कम हुने, क्यालोरि कम भई शरिरको तौल घटाउन सघाउने लगायतमा फाइदा हुने विज्ञहरुको भनाई छ ।

रक्तदान कार्यक्रमको सहयोगी सस्थांहरुमा पोखरा फाइनान्स लिमिटेड ,प्रभु बैँक लिमिटेड,नेपाल बैंक लिमिटेड,जोन्टा क्लब पोखरा, गुहेश्वरी मर्चन्ट बैँकिङ एण्ड फाइनान्स लिमिटेड,लायन्स क्लब अफ पोखरा सेन्टीनियल,सलिको इन्स्योरेन्स,नेपाल बिमा प्रधाधिकरण,रुपाकोट ज्योति सुनचादिँ पसल,लायन्स क्लव अफ पोखरा सेति गंगा,बराल फिड पोखरा,नेलम्बो नेपाल,तालवाराही फरमेर्सी,माइबुक्स स्टेशनरी,फिष्टेल नर्सिङ् कलेज,सिजि फुड्स प्रा.लि,ग्रिन डेभलब्मेन्ट बैँक लिमिटेड,अतिथि रिर्सोट एन्ड स्पा,बृज एडिटिभ्स रहेको मार्केटिङ म्यानेजर नारायण पौडेलले जानकारी दिए । रेडियोले गएको बर्षको रक्तदानमा १ सय ३० युनिट रगत सङ्कलन गरेको थियो।

प्रतिक्रिया