नेपाली नयाँ वर्षमा पोखरामा २१ औँ  फेवा नववर्ष महोत्सवको तयारी

नेपाली नयाँ वर्षमा पोखरामा २१ औँ  फेवा नववर्ष महोत्सवको तयारी

hotel sang

पोखरा । नेपाली नयाँ वर्षको अवसरमा पोखरामा २१ औँ फेवा नव वर्ष महोत्सवको तयारी गरिएको छ । होटल संघ पोखरा नेपालले आयोजना गर्न लागेको महोत्सव आगामी चैत २९ गतेदेखि वैशाख १ गतेसम्म सञ्चालन हुने बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सव यसपटक पर्यटन, संस्कृति र खानालाई केन्द्रमा राखेर आयोजना गरिएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको भनाइ छ ।

पोखराको खहरेदेखि सहिदचोकसम्मको सडकको बिच क्षेत्रमा सञ्चालन हुने महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न कार्यक्रम समावेश गरिएको छ । महोत्सव अवधिभर सहभागी होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने व्यवस्था मिलाइएको छ भने ‘ई–सेवा’मार्फत बुकिङ गर्दा थप सुविधा दिइने जनाइएको छ ।

महोत्सवका प्रमुख आकर्षणमा प्रदेशस्तरीय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरूको प्रदर्शनी, परम्परागत भेषभूषा प्रतियोगिता, पञ्चैज बाजा र पर्यटक दौड प्रतियोगिता लगायत रहेका छन् । साथै सांस्कृतिक, मनोरञ्जनात्मक, लोकदोहोरी तथा पप कन्सर्टका कार्यक्रम पनि सञ्चालन हुनेछन् । महोत्सव सफल बनाउन २० वटा विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ । पोखरा प्रवद्र्धन गर्नका लागि देशका विभिन्न सहरमा प्रचार–प्रसार अभियान सञ्चालन गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र सडक सञ्जालको सुधारसँगै पर्यटक आगमन बढ्ने अपेक्षा आयोजकको छ । अन्तर्राष्ट्रिय तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्दै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास आयोजकको छ ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रा.लि. रहेको छ भने सह–प्रायोजकमा विभिन्न निजी क्षेत्रका कम्पनीहरू सहभागी छन् । महोत्सव प्रवद्र्धनमा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका तथा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशले सहयोग गरेको होटल संघ पोखराका सचिव तथा प्रचारप्रसार उपसमिति संयोजक पार्वती पाण्डेले जानकारी दिइन् । छन् । नेपाल पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछानेले महोत्वसले पेखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वाससहित बोर्डले पनि सहयोग गरेको बताए । पत्रकार सम्मेलनमा हानका निवर्तमान अध्यक्ष विकल शेरचनले पनि महोत्सवको बारेमा बोलेका थिए ।

प्रतिक्रिया