पोखरा । पोखरामा प्रहरीले लागू औषधसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ४३ वर्षीय सुनिल कमरलाई पक्राउ परेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिबनमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले सोमबार कमरलाई पक्राउ गरेको हो ।

प्रहरीले कमरको साथबाट डाईजेपाम ४ सय ६० एम्पुल, फेनारगन ४ सय ८१ एम्पुल र ब्रुफिन ४ सय ८२ एम्पुल गरी जम्मा १ हजार ४ सय २३ एम्पुल लागू औषध बरामद गरेको छ ।
लागू औषधका साथै उनको साथबाट १ थान मोबाइल फोनसमेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका कमरलाई लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरिएको छ ।