कास्की एकमा फराकिलो मतान्तरले रास्वपाका पौडेल निर्वाचित

कास्की एकमा फराकिलो मतान्तरले रास्वपाका पौडेल निर्वाचित

ganesh paudel

पोखरा । कास्की क्षेत्र नम्बर १ मा रष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल गनेस निर्वाचित भएका छन् । उनी निकै ठूलो मतान्तरले विजयी भएका भएका हुन् । पौडेलले ३९ हजार ८ सय ८३ ल्याउँदा नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार २ सय २४ र नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले १० हजार ४ सय २९ मत पाए ।

नेपाली कम्युनिस्ट पार्टीका राजकाजी गुरुङ २ सय हजार ४ सय ७९ मत पाएका छन् । २०७९ को निर्वाचनमा पाँच दलीय गठबन्धनलाई हराएर कास्कीका ३ वटै क्षेत्रमा विजय हासिल गरेको नेकपा एमालेको लालकिल्लालाई रास्वपाले तीन वटै क्षेत्र जितेर भत्काइदिएको छ ।

रास्वपा वरिष्ठ नेता बालेन शाह निकट मानिने पौडेलले यसअिघ साहित्यकारको परिचय बनाएका छन् । कास्की २ मा उत्तम पौडेल र तीन विना गुरुङ निर्वाचित भएका हुन् ।

निर्वाचित पौडेललाई नेपाली कांग्रेसका उम्मेदवार तिलक र एमालेका उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्रीले बधाइ दिएका छन् ।

प्रतिक्रिया