१३ वर्षपछि आहारारा पोखरा गोल्ड कपको उपाधि सहारा क्लबलाई

१३ वर्षपछि आहारारा पोखरा गोल्ड कपको उपाधि सहारा क्लबलाई

aha 2

पोखरा । आहारारा पोखरा गोल्ड कप आयोजक सहारा क्लबले उचालेको छ । पोखरामा शनिबार भएको फाइनल खेलमा जाउलाखेल युथ क्लबलाई २—० ले पराजित गरी सहारा क्लबले उपाधि जितेको हो । १२ औँ आहारारा गोल्ड कपमा विजेता बनेको सहाराले १३ वर्षपछि २५ औँ संस्करणको आहाराराको उपाधि जितिरे दोस्रो पटक गोल्डक कप उचालेको हो । १४ वर्षपछि फाइनल पुगेको जाउलाखेल भने उपविजेता बनेको छ । शनिबारको खेलमा सहारालाई उपाधि दिलाउन कप्तान सुशील लामाको योगदा महत्वपूर्ण रह्यो ।

खेलको २५ औँ मिनेटमा सुशील लामाले हानेको कर्नर बललाई मुकुन्दकुमार निउरेले हेडमार्फत् पोस्टको दिशा दिँदा गोलमा परिणत भएको थियो । खेलको ७३ औँ मिनेटमा खेलमा प्लयेर अफ दी म्याच घाषित सुशीलले दिएको पासलाई टाय बादारुले हेडिङ गर्दै गोल गर्नुभएको थियो । जाउलाखेलका निकोलस र बोबाकारले केही राम्रा अवसरलाई सदुपयोग गर्न सक्नुभएन । विजेता बनेको सहाराले १४ लाख १ हजार र उपविजेता जाउलाखेलले नगद सात लाख एक हजार पुरस्कार पाएका छन् । जाउलाखेलका प्रशिक्षक सुनील कुमार स्कोर गर्न नसक्दा हार व्यहोरेको बताउनुभयो ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बन्नुभएका सहारा क्लबका मुकुन्दकुमार निउरेले उदीयमान खेलाडी पनि घोषित हुनुभयो । उहाँलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिएको छ । हाइस्कोरर प्यालिङ ब्बाइजका पापा इबु, बेस्ट गोलकिपर टिकेन्द्र थापा सहारा क्लब, बेस्ट मिडफिल्डर बोबाकार जाउलाखेल, बेस्ट स्टाइकर धर्बेन्द्र कुँवर जाउलाखेल, बेस्ट प्रशिक्षक सुनील रानामगर सहारा क्लब र अनुशासित टिम आभा फुटबल क्लब उज्बेकिस्तान बनेको छ । विधागतमा उत्कृष्ट हुनेलाई जनही नगद २५ हजार प्रदान गरिएको छ । माघ २७ देखि सुरु भएको आहारारा गोल्ड कपमा १२ टिम सहभागी भएका थिए ।

प्रतिक्रिया