१४ वर्षपछि जाउलाखेल क्लब आहाराराको फाइनलमा

१४ वर्षपछि जाउलाखेल क्लब आहाराराको फाइनलमा

639655599_2406758699755504_713299733992240634_n

पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्लब १४ वर्षपछि फाइनल पुगेको छ ।बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा आभा फुटबल क्लब उज्बेकिस्तानलाई १—० गोलले पराजित गरी फाइनल यात्रा तय गरेको हो ।

खेलको ५२ औँ मिनेटमा जाउलाखेलका धर्वेन्द्र कुँवरले पोस्टमा प्रहार गरेको बललाई बिपक्षी आभाका खेलाडी खुसानले रोक्न खोज्दा पोस्टमा छिरेको हो । उहाँको यो आत्मघाती गोल हो ।खेलमा आभाका केही राम्रा प्रयास गोलमा परिणत हुन सकेन । आभाका खेलाडी कारिलोभले प्रहार गरेका बल एक पटक फस्ट बारमा र अर्को पटक क्रसबारमा लागेर रिबाउन्ड भएको थियो भने अर्को कडा प्रहार क्रसबार नजिकैबाट बाहिरिएको थियो । बिहीबारको खेलमा जाउलाखेलका जोखिदजोद प्लोयर अफ दी म्याच हुनुभयो ।

खेलको ६५ मिनेटमा जाउलाखेलका युवराज ढकालले आभाका खेलाडी सार्दोरबिकलाई मैदानमा हातहालेपछि रेफ्री प्रज्ज्व्ल क्षेत्रीले रातो कार्ड देखाउनुभएको थियो । शनिबार फाइनल खेल आयोजक सहारा क्लब र जाउलाखेल युथ क्लबबिच हुनेछ । १२ औँ आहारारा गोल्ड कपको उपाधि जितेको सहारा ९ वर्षपछि फाइनल पुगेको हो । २०७३ साल सहारा उपविजेता बनेको थियो । जाउलाखेल अहिलेसम्म आहारारा गोल्ड कप उचाल्ने सकेको छैन । बुधबार भएको खेलमा आयोजक सहारा मनाङ मस्र्याङ्दी क्लबलाई सडन डेथमा पराजित गरी फाइनल पुगेको हो ।

प्रतिक्रिया