प्रजातन्त्र दिवसको उपल्यक्षमा बुद्व विशाल बजारमा झण्डोत्तलन

प्रजातन्त्र दिवसको उपल्यक्षमा बुद्व विशाल बजारमा झण्डोत्तलन

8ea0bc6d-3136-46b9-915a-4ffbc7fa87f0

पोखरा ७ फागुन ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसन पोखरा ४ ले प्रजातन्त्र दिवसको उपल्यक्ष्यमा एशोसियसनको लोगो अंकित झण्डा र राष्ट्रिय झन्डा झण्डोत्तलन गरेको छ ।
कार्यक्रममा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य,सल्हाकार तथा पुर्व अध्यक्ष केशव बहादुर खत्रीले फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सम्पुर्ण नेपालीहरूको लागी विशेष दिन हुने बताउदै खत्रीले यस कार्यक्रमलाई आफू एशोसियसनको नेत्रित्वमा हुदा नै वार्षिक रूपमा नै मनाउदै जाने निर्णय गरिएको बताए । खत्रीले अहिलेको आर्थिक मन्दीको विषम परिस्थितिमा आफ्नो व्यवसाय टिकाउनु नै व्यवसायीको अहिलेको मुख्य चुनौती रहेको बताउदै खत्रीले एशोसियसन भित्र व्यवसाय नगर्ने तर मिलेर हामी मिलेर बसेका व्यवसायी विच फुटाउन खोज्ने तत्वहरु अहिले सलवलाउन लागेको र उनिहरु धमिलो पानीमा माछा मार्ने प्रवृतिका व्यक्तीहरु रहेको बताउदै त्यस्ता व्यक्तीहरुलाई व्यवसायीको कुर्ने माया नहुने हुदाँ उनीहरुलाई वैलैमा चिन्नुपर्ने बताए ।


कार्यक्रममा बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि वहादुर कुँवरले बुद्व विशाल बजारका व्यवसायीहरूको आजको दिन एतिहासिक रहेको हुदा व्यापारिक एशोसियसनको लोगो अंकित झण्डा र राष्टिय झन्डा झण्डोत्तलन गरिएको बताउदै कुँवरले नेपाली झन्डाको बिशेष ईतिहास रहेको बताए ।
बुद्व विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्वि वहादुर कुँवर सभापतित्वमा भएको कार्यक्रममा एशोसियसनका उपाध्यक्ष मनोहरि पौडेलले स्वागत मन्तव्य राखेका थिए भने महासचिव थमनसिह गुरुङले कार्यक्रम सन्चालन गरेका थिए । त्यस अवसरमा एशोसियसनका कार्यसमिति सदस्य ईन्द्रमाया गुरूङले अघिल्ला वषृहरु झै यस वर्ष पनि आफ्ना स्वर्गीय ससुरा बुवा शेर बहादुर गुरूको स्मृतिमा एशोसियसनको छात्रवृत्ति कोषको लागि पाँच हजार रूपिया एशोसियसनका अध्यक्ष बुद्वि वहादुर कुँवरलाई हस्तान्तरण गरेकी थिईन गुरूङले हरेक फागुन ७ गते प्रजातन्त्र दिवसको उपल्ययक्ष्यमा स्वर्गीय ससुराको स्मृतिमा एशोसियसनको छात्रवृत्ति कोषमा सयोग रकम दिदै आएकी छन् । झण्डातोलन कार्यक्रममा बुद्व विशाल बजारका व्यापारिक एशोसियसनका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया