पोखरा । आहारारा पोखरा गोल्ड कपमा जाउलाखेल युथ क्बलले विजयी सुरुवात गरेको छ । बुधबार पोखरा रङ्गशालामा भएको खेलमा जाउलाखेलले मछिन्द्र क्बललाई २—० को गोलले पराजित गरेको हो । पहिलो हाफमा बराबरीमा सकिएपनि दोस्रो हाफको सुरुमै जाउलाखेलले अग्रता लिएको थियो ।

खेलको ५४ औँ मिनेटमा जाउलाखेलका निकोलसले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको हो । प्लेयर अफ दी म्याच घोषित निकालेसले विपक्षी डिफन्डरले क्लियर गर्न नसकेको बललाई पोस्टको दिशा दिनुभएको थियो । खेलको ६६ औँ मिनेटमा बोबाकारले जाउलाखेलको लागि अर्को गोल गरेर अग्रतालाई दोब्बर पार्नुभयो । निकोलसले मिलाइदिएको पासलार्य उहाँले गोलमा परिण गर्नुभएको हो । मछिन्द्र क्लबले खेलमा राम्रा मुभ बनाउन सकेन भने जाउलाखेलले केही अवसरलाई सदुपयोग गर्न सकेन ।
यसअघि आहारारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबले विजयी सुरुवात गरेको छ । सहाराले पाहुना टोली गोर्खा इन्टरनेसनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गरेको हो । सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गर्नुभयो । उहाँले निर्धारित ९० मिनेट खेलसकिएप्छि थपिएको अतिरिक्त समयमा गोल गर्दै सहारालाई क्वार्टरफाइलनमा पुर्याउनुभयाे।
उद्घाटन खेल पोखरामा पहिलो पटक फल्डलाइटमा खेलाइयो थियो । क्वार्टरफाइनलमा सहाराले नेपाल पुलिस क्लबको सामना गर्नेछ । बिहीबार एपपिएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबबिच दिउँसो ४ बजे खेल हुनेछ । फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् ।