बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकामा जन्ती बोकेको बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो।
मृतकहरुको नामावलीः-
१) जिल्ला बझाङ बित्थडचिर गा.पा वडा नं. ०७ बस्ने वर्ष ४० को केशव राजजोन
२) ऐ.ऐ.बस्ने वर्ष १३ को अशोक राज जोशी
३) ऐ.ऐ.बस्ने वर्ष ३५ को बसन्त जोशी
४) ऐ.ऐ.बस्ने वर्ष ४१ को बिष्णु दत्त जोशी (उपचारको क्रममा)
५) ऐ.ऐ.बस्ने वर्ष ४२ को नरेश राज जोशी (उपचारको क्रममा)
६) ऐ. केदारस्यु गा.पा बस्ने वर्ष ६० को मोहन देव भट्ट
७) ऐ. जयपृथ्बी न.पा ०७ बस्ने वर्ष ४० को बसन्त राज रतला
८) जिल्ला बैतडी पुौंडी न.पा ०७ बस्ने वर्ष ४० की पुष्पा अवस्थी

बिहीबार पुर्चौंडी नगरपालिकाको भवनेबाट जन्ती लिएर बझाङतर्फ फर्किरहेको सुपप्र ०२–००१ ख १११९ नम्बरको बस राति करिब ८ बजे पुर्चौंडी नगरपालिका–७ बडगाउँको मोडमा राति ९ बजे दुर्घटनामा परेको हो। बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। बसमा २७ पुरुष र १८ महिला गरी जम्मा ४५ जना सवार रहेका थिए। घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको स्वास्थ्य शाखा प्रमुख कुँवरले बताउनुभयो।