नेपाल इन्भेष्टमेन्ट मेघा बैंक जामुने शाखाद्वारा जनगणपति माविलाई सहयोग प्रदान

नेपाल इन्भेष्टमेन्ट मेघा बैंक जामुने शाखाद्वारा जनगणपति माविलाई सहयोग प्रदान

megha 1

तनहुँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआइएमबी) जामुने शाखाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका वडा नम्बर ३  अधिकारीथोकमा रहेको जनगणपति माध्यमिक विद्यालयलाई खानेपानी व्यवस्थापनका लागि आर्थिक सहयोग प्रदान गरेको छ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ तथा सुरक्षित खानेपानीको व्यवस्था गर्ने उद्देश्यले बैंकले एक थान युरोगार्ड फिल्टर र एक थान पानी ट्यांकी खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराएको हो। आइतबार विद्यालयको २५औँ वार्षिकोत्सव (रजत जयन्ती) तथा अभिभावक दिवसको अवसर पारेर आयोजित कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो। सहयोग सामग्री एनआइएमबी जामुने शाखा प्रमुख विश्वराज पौडेलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील न्यौपाने तथा प्रधानाध्यापक रविराज पाेख्रेललाई हस्तान्तरण गर्नुभयो।

कार्यक्रममा बैंकका  कर्मचारीहरुsf साथै विद्यालय व्यवस्थापन समिति, शिक्षक, सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूको  उपस्थिति रहेको थियो।

प्रतिक्रिया