पोखरा । पोखरामा जारी टाइगर कप भलिबलमा पुरुषतर्फको उपाधिका लागि गण्डकी प्रदेश र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको समूह चरणको अन्तिम खेल पाँचौं सेटमा पुगेपछि गण्डकी र पर्वत दुबै फाइनलमा पुगेको घोषणा गरिएको थियो । तर, सेट रेसियोमा पुलिस अगाडि भएको भन्दै आयोजनक टाइगर ग्रुप अफ पोखरा नेपालले प्रेस विज्ञप्ती जारी गर्दै फाइनलमा गण्डकी र पुलिसबिच प्रतिष्पर्धा हुने जानकारी गराएको हो ।

फाइनल खेल घोषणा गर्ने क्रममा प्राविधिक त्रुटिका कारण गलत सूचना प्रवाह हुन गएको थियो । माघ १७ गते हुने पुरुषतर्फको फाइनल खेल गण्डकी प्रदेश भलिबल संघ र नेपाल पुलिस क्लबबीच हुने आधिकारिक जानकारी गराउदछौं,’ विज्ञप्तीमा भनिएको छ । फाइनल खेल दिउँसो २ बजेबाट सुरु हुनेछ । तेस्रो स्थानका लागि पर्वत जिल्ला भलिबल संघ र त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल बिहान ११ बजेबाट सुरु हुनेछ । विजेताले टोलीले ६ लाख ६६ हजार ६६६, उपविजेता हुने टोलीले ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोली २ लाख ६ हजार ६६६ रुपियाँ पाउनेछन् ।
महिलामा न्यु डायमन्डले जित्यो उपाधि
न्यु डायमन्ड स्पोर्ट्स क्लबले छैटौं टाइगर कप भलिबलको महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको महिलातर्फको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्युु डायमन्डले उपाधि जितेको हो । न्यु डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले जित्यो ।
उपाधिसँगै न्यू डायमन्डले ६ लाख ६६ हजार ६६६ रुपैयाँ हात पा¥यो । फाइनलमा चुकेको पुलिसले ३ लाख ६६ हजार ६६६ रुपैयाँमा चित्त बुझायो । तेस्रो बनेको थाइल्यान्ड क्विन्सले २ लाख ६ हजार ६६६ रुपैयाँ पायो । न्यु डायमन्डकी सुमित्रा रेग्मी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी बन्नुभयो । उहाँले २६ हजार ६ सय ६६ रुिियाँ पाउनुभयो । सर्भरमा प्रतिभा माली, लिबिरो शान्तिकला तामाङ, सेटर प्रगति नाथ, ब्लकर सुनिता खत्री, स्पाइकर पथैया र प्रशिक्षक कुमार राई विधागततर्फ उत्कृष्ट बन्नुभयो । उहाँहरुले जनही ११ हजार ६ सय ६६ नगद हात पार्नुभयो ।