बैतडी । जयपृथ्वी राजमार्ग अन्तर्गत पाटन नगरपालिका-८ साँडीघाँटीमा आज बिहान जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म १ ज २२४ नम्बरको बोलेरो जीप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खसेको हो । तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता, इन्स्पेक्टर सुरज सिंहले जानकारी दिए ।
मृतक तीनैजना पुरूष छन् । उनीहरूको सनाखत हुन सकेको छैन । जीपमा कति जना सवार थिए खुलेको छैन । अन्य सबै घाइते रहेको बुझिएको छ । घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।
