पोखरा । पुष ११ देखि पोखरामा २२ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा नेपाल, भारत, भुटान, हङकङ लगायतका देशबाट सय बढी खेलाडीहरुले सहभागिता जनाउने संघद्वारा बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगितामा मेन्स तथा उमेन्स सिंगल्स, डबल्स तथा ३५+,४५+,५५+,६५ वर्ष माथि गरी विभिन्न १२ ईभेन्टमा प्रतिस्पर्धा हुने सो प्रतियोगिता संयोजक नविन चालिसेजे जानकारी दिनुभयो । उहाँका अनुसार ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद ८०,००० उप–बिजेताले ४०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद ३०,००० उपबिजेताले १५,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ६०,००० उपबिजेताले ३०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १५,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ३५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ४०,००० उपबिजेताले २०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ४५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

५५ वर्ष माथिको सिंगल्स बिजेताले नगद ३०,००० उपबिजेताले १५,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, भने ५५ वर्ष माथिको डबल्स बिजेताले नगद २०,००० उपबिजेताले १०,००० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद १०,००० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । ६५ वर्ष माथिको सिंगल्स बिजेताले नगद १५,००० उपबिजेताले ७,५०० सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद २५०० सहित मेडल पुरस्कार प्राप्त गर्ने छन, ६५ वर्ष माथिको डबल्स बिजेताले नगद १०,००० उपबिजेताले ५,००० सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने छन ।
निरन्तर रुपमा आयोजना भएको प्रतियोगिताले कास्कीको टेनिस खेललाई व्यवसायिक बनाएको आयोजक संघका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । सबैको साथ सहयोगमा प्रतियोगिता नियमित रुपमा हुँदै आएकोमा यो संस्करणमा समेत सबैबाट सकारात्मक सहयोगको अपेक्षा लिएको उहाँले बताउनुभयो । संघ कास्कीका सचिव भिष्मराज पौडेलले कार्यक्रम सञ्चालन गर्दै प्रतियोगिता सफल पार्न मिडियाको भुमिंका महत्वपूर्ण हुने औल्याउनुभयो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।