बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई मणिपालमा छुट

बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई मणिपालमा छुट

25fcf463-02c2-4505-b837-205cac29b07e

पोखरा ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यलाई नेपाल मणिपाल शिक्षण अस्पतालको स्वास्थ्य सेवामा छुट पाउने भएका छन् । एशोसियसन र नेपाल मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै एशोसियसनका साधारण सदस्यले सो सुविधा पाउने भएका हुन् ।
एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवर तथा मणिपाल शिक्षण अस्पताल पोखराका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलबीच यसबारे सम्झौता भएको छ । यस सम्झौता अनुसार अस्पतालले बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सदस्यहरूलाई स्वास्थ्य सेवाहरूमा न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशतसम्मको छुट प्रदान गर्नेछ । अब एशोसियसनका सदस्यले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन ।
छुट सुविधाका लागि सेवाग्राहीले अस्पतालमा उपलब्ध स्वास्थ्य सेवाहरू उपभोग गर्न एशोसियसनमा दर्ता भई आईडी कार्ड देखाउनुपर्ने छ । अस्पतालमा एशोसियसनका सदस्यहरूले दर्ता शुल्कमा १०० प्रतिशत, अस्पतालको सामान्य शैया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यचिकित्सा (अपरेशन) तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । सदस्यहरूलाई डाक्टरको परामर्शमा भने कुनै शुल्क लाग्ने छैन ।
‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छु्ट दिइनेछ,’ सम्झौतापत्रमा भनिएको छ, ‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’ बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवरका अनुसार नियमित जाँचमा रगत, पिसाब, इसिजी, एक्सरे, युरिक एसिड, थाइराइड, युएसजीलगायत अस्पतालले प्रदान गर्ने सेवा छन् । ‘हाम्रा साधारण सदस्यलाई थोरै भए पनि सहुलियत प्रदान गरौँ भन्ने हेतुले यो सम्झौता गरिएको हो’, अध्यक्ष बुद्धि वहादुर कुँवरले भने, ‘हामीले नेपाल मणिपाललाई हाम्रा साधारण सदस्यले एशोसियसनले प्रदान गरेको परिचयपत्रकै आधारमा यो सेवा पाउनुहुनेछ । हामीले त्यसको जानकारी अस्पतालाई गराइसकेका छौँ ।’ एशोसियसनका अध्यक्ष कुँवरका अनुसार यो सम्झौताको अवधि २०८४ असार मसान्त सम्म लागु हुनेछ । यस सम्झौतालाई पुन त्यसपछि पनि सम्झौता नवीकरण गरिने अध्यक्ष कुँवरले बताए ।
नेपाल मणिपाल अस्पतालका प्रमुख कार्यकारी निर्देशक अनिल ओडुभिलले नेपाल मणिपाल कलेज पोखरालाई स्वास्थ्य लाभको केन्द्र बनाउने दिशामा निरन्तर अगाडि बढेको जानकारी गराए । मणिपालले हाल प्रदान गरिरहेको सेवा विश्वस्तरीय रहेको बताउँदै उनले भने,‘हाम्रोमा सस्तो शुल्कमा विश्वस्तरको गुणस्तरीय चिकित्सा सेवा पाइन्छ । सम्झौता कार्यक्रममा बोल्दै नेपाल मणिपाल अस्पतालका लियाजन अफिसर कृष्णमोहन श्रेष्ठले पोखराकै पुरानो संस्थासँग मणिपालको सहकार्यले पोखरालाई स्वास्थ्यको केन्द्र बनाउन विशेष योगदान दिने आशा व्यक्त गरे ।
बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा सल्हाकार केशव वहादुर खत्रीले हालै निर्वाचित एशोसियसनका अध्यक्ष बुद्धि वहादुर कुँवरको टिमले निर्वाचित भएको ४ महिना भित्र यो छुट सम्झौता सगै एशोसियसनका सदस्यहरुको हितमा विभिन्न उत्कृष्ट कामहरु गरिरहेको बताउदै हालै बुद्ध विशाल बजारमा बृद्धि हुन लागेको घर भाडा ९ महिनाको लागी यथास्थीतिमा राख्न सफल भएको,बुद्ध विशाल बजार भित्र एटिएम मेसिन राख्ने काम अन्तिम चरणमा रहेको विगत २ वर्षदेखि हुन नसकेको ग्राहक वर्गलाई चाडपर्वमा लक्षित गरि गरिने गरेको उपहार योजना यो वर्ष ल्याएको तथा बुद्ध विशाल बजारको पुर्वतिर पार्किङ एरिया रुपाकोट सुनचादी पसलमा सम्म हाललाई अस्थाही रुपमा राख्नको लागी विशेष पहल गरेको लगाएत थुप्रै उत्कृष्ट कामहरु गरेकोमा धन्यवाद दिए । सम्झौता कार्यक्रममा पोखरा उधोग वाणिज्य संघका सदस्य मनोहरि पौडेल बुद्ध विशाल बजार व्यापारिक एशोसियसनका सचिव शान्ति श्रेष्ठ जोशी कोशाध्यक्ष गोविन्द दाहाल कार्यालय सचिव सम्झना कुमारी थापा मगर लगाएतको उपस्थीति रहेको थियो ।

प्रतिक्रिया