जेनजी आन्दाेलनमा क्षति भएका भौतिक संरचनामा मात्रै २० अर्ब ७० करोडको बीमा दाबी

जेनजी आन्दाेलनमा क्षति भएका भौतिक संरचनामा मात्रै २० अर्ब ७० करोडको बीमा दाबी

beema

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ बराबरको बीमा दावी भएको छ । जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचनामा क्षति पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा बीमा दावी भएको छ । प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा कूल ४० वटा बीमा दावी परेको छ । त्यसको कूल दावी रु पाँच अर्ब १४ करोड ७९ लाख ६५ हजार बराबर छ ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा २५८ को चार अर्ब ९३ करोड २२ लाख ७९ हजार ५००, शिखर इन्स्योरन्स कम्पनीमा ३६६ वटा बीमा दावी परेको छ । कूल दावी भने दुई अर्ब ३९ करोड चार लाख ७७ हजार ७६४ रहेको छ । आइजिआइ प्रुडेन्सियल इस्न्योरेन्समा २४ वटा बीमा दावी परेको छ । सो कम्पनीमा एक अर्ब ५९ करोड छ लाख ८० हजार ८०० बराबरको बीमा दावी परेको प्राधिकरणले जनाएको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा २३३ वटा बीमा दावी छ । एक अर्ब ४७ करोड ५५ लाख ३१ हजार ६६६ बराबरको माग भइआएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा १९६ वटाको आवेदन पर्दा एक अर्ब १५ करोड ६२ लाख ८२ हजार ९७९ बराबरको बीमा दावी परेको छ । नेको इन्स्योरेन्समा ४० वटाको एक अर्ब नौ करोड ५३ लाख ६५ हजार २०७ बराबरको माग भएको छ । सानिमा जिआईसीमा १२९ वटाको ७८ करोड ९३ लाख ७९ हजार बराबरको दावी छ । राष्ट्रिय बीमा कम्पनीमा १७२ वटाको ४९ करोड ५१ लाख बराबरको बीमा माग भएको छ ।

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडमा १७० वटाको ४८ करोड ७४ लाख ७५ हजार ३६०, नेपाल इन्स्योरेन्स कम्पनीमा ७९ वटाको ४६ करोड ९४ लाख ९८ हजार बराबरको बीमा दावी परेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीमा १५१ वटाको ३८ करोड ५८ लाख २२ हजार, प्रभु इन्स्योरेन्समा ६९ वटाको १९ करोड १८ लाख बराबरको बीमा दावी भएको छ ।

प्रतिक्रिया

भर्खरै