संविधानको रक्षाको लागि शान्ति र्‍याली प्रदर्शन

संविधानको रक्षाको लागि शान्ति र्‍याली प्रदर्शन

santi ryali pokhara

पोखरा । संविधान दिवस २०८२ को अवसरमा पोखरामा शान्ति र्‍याली प्रर्दशन गरिएको छ । शान्ति र लोकतन्त्रको लागि पेशागत सञ्जाल (पापड)को आयोजनामा ¥याली आयोजना गरिएको हो ।

र्‍यालीमा अधिवक्ता, पत्रकार लगायत पेशाकर्मीहरु सहभागी भएका थिए । उच्च अदालत पोखरा अगाडिबाट सुरु भएको शान्ति र्‍याली मुस्ताङचोक, राष्ट्रबैंक चोकहुँदै साहिदचोकमा पुगेर समापन भएको थियो ।

भ्रष्टाचारको अन्त्य, सुशान र शान्ति हाम्रो चाहना, संविधान रक्षाको कामना भन्ने नारा साथ आयोजित र्‍यालीमा सहभागी भएकाहरुले भ्रष्टाचारको अन्त्य गरियोस्, संविधानको रक्षा गरियोस्, शान्ति कायम गरियोस् लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

भर्खरै