वडा अध्यक्ष नरेन्द्र थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई

वडा अध्यक्ष नरेन्द्र थापाले परिवारलाई बुझाए अलपत्र परेका अमृतलाई

Amrit Home pic

पोखरा । पाँच महिनादेखि युनाईटेड अरब इमिरेट्स (यूएई) मा अलपत्र परेका पोखरा महानगरपालिका वडा नंं २६ का अमृत रानाभाटलाई उद्धार गरेर परिवारलाई बुझाइएको छ । वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाले युएई देखि रानाभाटलाई उद्धार गरेर ल्याई मंगलबार परिवारलाई बुझाएका हुन । रानाभाट सन् २०२३ मा रोजगारीको शिलशिलामा जिप्सन वोर्ड हेल्परको कामका लागि युएई पुगेका थिए ।

शुरुमा एघारसय डिराम तलब तोकिएर युएई पुगेका रानाभाटले कम्पनीले तोेके अनुसारको तलव नपाएपछि छाडेर अर्को झुमर टेक्निकल सर्भिसमा सरेका थिए । त्यहाँ पनि भनेजति तलव नपाउने र कहिले पैसा पाउने कहिले नपाउने समस्याबाट गुज्रिएका थिए । कामको व्यवस्थापन नभएपछि विगत पाँच महिनादेखि उनी सडकमै अलपत्र पर्दै आएका थिए । कैयन पटक घर आउन खोजे रानाभाटले भने— तर कसैले साथ दिएनन्, घरमा फोन गर्ने पैसा र मोवाईल समेत थिएन ।” अलपत्र परेको अवस्थामा आफ्नै वडाको अध्यक्ष फेला पार्दा अविभावकनै भेट्टाएको अनुभव भएको थियो, रानाभाटले भने ।

कहिले सडकमा, कहिले नेपालीले काम गर्ने स्थान वरीपरि बेवारिसे अवस्थामा दिन काट्ने गरेको उनले बताए । कैयन रात भोकभोकै बिताए उनले भने— गर्मिबाट बच्न दिनभरी सार्वजनिक यातायातमा हिड्थे । खाने बस्ने ठेगाना समेत नभएका रानाभाटको अवस्थाका बारेमा सामाजिक संजाल मार्फत जानकारी पाएपछि युएईको एक कार्यक्रममा पुगेका वडा नं. २६ का अध्यक्ष थापाले उनलाई उद्धार गरेका हुन ।

छोरालाई उद्धार गरेर ल्याईदिए पछि रानाभाटकी आमा शान्ती रानाभाटले भगवानको रुपमा वडाध्यक्ष पाएको उल्लेख गरे । उनले आफुहरुलाई टिकटकमा छोरा अलपत्र परेको भिडियो गाउँले देखाईदिएको बताईन । छोरा फर्कियो, अव यही सहारा हो, शान्तिले भनिन् । घर फर्किएका अमृतले पनि अव गाउँघरमै कृषि पेशा गरेर आमा र दाजुभाईसँग समय बिताउने उल्लेख गरे ।अध्यक्ष थापाले विदेशमा अलपत्र परेको वडाको नागरिकलाई उद्धार गर्दा जनप्रतिनिधिको कर्तव्य पुरा गरेको बताए । उनले अमृतलाई रोजगारीको वातावरण सिर्जना गर्न आफुले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरे । रानाभाट दुई बर्ष अगाडी एक लाख खर्च गरेर प्याराडाइज नामको म्यानपावरबाट युएई पुगेका थिए ।

प्रतिक्रिया