पोखरा । मनसुन सक्रिय बनेपिछ देशका अअिकाश भागमा आज बिहानै देखि वर्षा भएको छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर छ भने पश्चिममा सरदरभन्दा केही उत्तरतिर अर्थात् नेपालतिर रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
बिहानदेखि पाेखरासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार केही स्थानमा भारी वर्षाको सम्भावना छ। बिहीबार गण्डकी, कोशी, मधेस, बागमती, र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी तराईका भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मधेस प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशको पहाड र मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराईका भु–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।