पोखरामा पनि सेनाको गस्ती सुरु, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

पोखरामा पनि सेनाको गस्ती सुरु, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह

sena pokhara

पोखरा । पोखराका सडकहरुमा नेपाली सेनाले गस्ती सुरु गरेको छ । मंगलबार भएको जेन–जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् । सेनाले सर्वसाधरणलाई विना काम बाहिर ननिस्कन आग्रह गरेको छ । अत्यावश्यक काम बाहेक घरबाहिर नजान सेनाले आग्रंह गरेको हो ।

जेनजीको आन्दोलनका क्रममा मंगलबार पोखरामा रहेको अधिकांश सरकारी कार्यालयमा तोडफोड र आगजनी भएको छन् भने नेताका निजी घर, होटल, सुपर मार्केटहरु पनि आन्दोलनको निसानामा परेका छन् ।

पोखराको भाटभटेनी सुपर कार्केटमा बिहानसम्म पनि आगो लागिरहेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि सूचना जारी गरी संयमित हुन आग्रह गरेको छ । कही कतै शंकास्पद गतिविधि भएको देखिएका जिल्ला प्रशासन कार्यालयमा खबर गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया