लेखनाथ  उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलो पटक महिला निर्वाचित

लेखनाथ  उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलो पटक महिला निर्वाचित

Janukas-Team

पोखरा । पोखरा महानगरपालिका भित्र पर्ने (साविक लेखनाथ नगरपालिका) मा रहेको लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर जानुका पराजुली अधिकारीले इतिहास रचेकी छन् । २०५४ मा स्थापना भएको संघमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएकी हुन् । सोमबार बिहान सकिएको मतगणना अनुसार ९ सय ९६ मत ल्याएर जानुका पराजुली अध्यक्षमा निर्वाचित हुुँदा उनका प्रतिष्पर्धी राजेन्द्र ओझाले ८ सय ३३ मत प्राप्त गरेका छन् । ओझालाई १ सय ६३ मतले पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित  भएकी हुन्।

जानुका निर्वातमान समितिको महासचिव र ओझा वरिष्ठ उपाध्यक्ष हु्न् । प्यालन बनाएर चुनावी मैदानमा दुबै जना होमिएकोमा अन्य पदमा पनि जानुका प्यानलका उम्मेदवार विजयी भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोलाले ९ सय ६६ मत पाएर विजयी हुँदा राजेन्द्रका प्यालनका उपेन्द्रराज सुवेदी राजुले ८ सय ५३ मत पाए । प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्यले १ हजार १ सय ५० मत पाएर विजयी भएभने उनका प्रतिष्पर्धी मेनुका श्रेष्ठले ६ सय ७४ मत पाइन् । संघको द्वितीय उपाध्यक्षमा पनिं जानुका प्यानलका ध्रुवबाबु भट्टराई आइडीले विजयी भए । जानुका प्यानलका भट्टराईले १ हजार २ सय १८ मत पाउँदा उनका प्रतिष्पर्धी धिरज कुमार श्रेष्ठले ६ सय ३ मत प्राप्त गरेका थिए । संघको महासचिव पदमा जानुका प्यानलका भरतराज ओझाले ९ सय ५५ मत पाएर विजयी बन्दा जीवन तिवारीले ८ सय ७६ मत प्राप्त गरेका थिए । उनीहरुको बीचमा ७९ मतको मात्र अन्तर परेको थियो ।

संघको उपमहसचिव पदमा जानुका प्यानलकी गंगाकुमारी मल्लले १ हजार ६६ मत पाएर निर्वाचित भइन्। उनका प्रतिपष्र्धी लक्ष्मीप्रसाद ढुंगानाले ७ सय ६६ मत प्राप्त गरेका थिए । जस अनुसार मल्लले ३ सय मतले ढुंगानालाइ पराजित गरेकी हुन्। संघको कोषाध्यक्षमा पनि जानुका टिमका हरी बस्ताकोटी १ हजार २७ मत पाएर निर्वाचित हुँदा टीकाराम सापकोटाले ७ सय ७८ मत पाए । लेखनाथ उद्योग वाणिज्य संघको कार्यसमितिको एसोसिएट सदस्यमा जानुका प्यानलका उमेदवार दयाराज भण्डारी २७ मत पाएर विजयी भएभने प्रतिष्पर्धी प्रवेश बन्जराले २१ मत प्राप्त गरेका थिए । एसोसिएटतर्फ ५० जना मतदाता रहेकोमा ४८ जनाले मतदान गरेका थिए । कार्यसमितिको संस्थागत सदस्यमा वीरभद्र कँडेल निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचित कार्यसमितिको खुला सदस्यमा पनि जानुका प्यानलका उम्मेदवार विजयी भएका छन् । जानुका प्यानलका सुजन न्यौपानेले १ हजार ७२ मत, प्रतिक्षा रानाभाटले १ हजार ४० मत, भविन्द्र पुन (भविन) १ हजार ३६, वीरेन्द्रराज भुर्तेलले ९ सय ७७ मत पाएर विजयी भएका छन् । सदस्यमा दीपक अधिकारीले ९ सय ६०, प्रभाकुमारी पौडेल लामिछानेले ९ सय ४४, कृष्णप्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी दुबैले ८ सय ८३ मत प्राप्त गरेर विजयी बनेका छन् । कार्यसमितिको दुई जना महिला सदस्यहरुमा पनि जानुका प्यानलकी शर्मिला श्रेष्ठले १ हजार १ सय ८४ मत एंव गंगा सापकोटा परियारले ९ सय १० मत पाएर विजयी भएका छन् । व्यवसायीको चुनाव भएपनि राजनीतिक दलको जस्तो माहोल देखिएको थियो । जानुका प्यानललाई नेपाली कांग्रेस र नेकपा माओवादीको साथ थियो भने ओझा प्यानललाई नेकपा एमाले र राष्ट्रिष् स्वतन्त्र पार्टीको साथ रहेको थियो ।

जानुका प्यानलका विजयी उम्मेदवारहरु

प्रतिक्रिया

भर्खरै