हेटौंडा । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजारको बजेट ल्याएको छ ।
आइतबार साँझ अबेर ९ बजे बागमती प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले चालु आर्थिक वर्ष २०८१÷८२ को भन्दा तीन अर्ब वृद्धि गरेर बजेट प्रस्तुत गर्नुभयो । चालु आवको बजेट ६४ अर्ब ५४ करोड रहेको छ । आगामी आवका लागि चालुतर्फ २६ अर्ब
चार करोड ४६ लाख ९१ हजार (३८.०६) प्रतिशत र पँुजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपियाँ (६१.०४ प्रतिशत) विनियोजन गरिएको छ । खर्च बेहोर्न स्रोतमा कर राजस्व २८ अर्ब ८७ करोड ८२ लाख र अन्यबाट छ अर्ब ७९ करोड उठाउने लक्ष्य छ ।
बजेट प्रस्तुत गर्दै मन्त्री काफ्लेले पर्यटकीय क्षेत्रका रूपमा चितवनलाई पर्यटकीय ‘हब’ का रूपमा विकास गर्ने र दोलखाको डाङडुगेडाँडामा फिल्म सिटी स्थापना गरिने उल्लेख गर्नुभयो ।
बजेटमा कृषि क्षेत्रको उत्पादनलाई प्राथमिकता दिँदै एक वडा एक कृषि कार्यव्रmम ल्याइएको छ । कृषि उपजको बजार व्यवस्थापन, कृषि एम्बुलेन्स व्यवस्था गरिने, दुग्धजन्य उत्पादन बढाएर बजार व्यवस्थित पार्ने, धुलो दुध कारखानालाई व्यवस्थित गरिने कार्यव्रmम छ ।