पोखरा । नवौँ प्रधानमन्त्री एनभिए भलिबलको पुषरुतर्फ गण्डकी प्रदेश र हेल्प नेपाल स्पोर्टस् क्लब फाइलनमा प्रवेश गरेका छन् । पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्ड हलमा जारी खेलमा गण्डकीले हेल्प नेपाललाई ३—२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो भने नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबसँग ३–१ को सेटमा पराजय भोगेपछि हेल्प नेपालको पनि फाइनलमा स्थान पक्पा भएको हो ।

नेपाल भलिबलको संघको आयोजनामा भएको प्रतियोगिता निकै प्रतिस्र्धात्मक बनेको गण्डकी र हेल्प नेपाल बिचको खेलमा गण्डकीले २५–१८, १९–२५, १४–२५, २५–२० र १५–११ ले विजयी भएको हो । लिग तालिकामा १२ अंक लिएर बसेको पुलिसको हारले १६ अंकको हेल्प नेपाललाई फाइदा भएको हो । आर्मीले पुलिसलाई २५–२०, २५–२२, २८–२६ र २५–१८ ले पराजित गरेको हो । यो सँगै आर्मीको ११ अंक भएको छ ।
तेस्रो स्थानका लागि आर्मी र पुलिस खेल्ने पक्का भएको छ । लिगको मंगलबारसम्मको तालिमका गण्डकी १७, हेल्प नेपाल १६, पुलिस १२ र आर्मी ११ अंकमा छन् । भने मणिमुकुन्दको ७ अंक छ । महिलातर्फ न्यु डायमन्ड र नेपाल पुलिस फाइनल पुगेका छन् । दुबै तर्फका फाइनल खेल बिहीबार हुनेछन् ।
।
नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागी थिए । प्रतियोगिताको दुबैतर्फका विजेताले ८ लाख उपविजेताले ४ लाख र तेस्रो हुनेले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

This will close in 10 seconds